BREAKING NEWS

Health

Report

Amazing

Political

Social

Sports

Technology

.

ज्योति विकास बैकको लापरवाहीले सेवाग्राही मर्कामा

साउन १८ पर्सा 
बैकबाट कारोबार गर्दै हुनुहुन्छ ? यदि हो भने कामचोर बैकहरु पहिल्यै चिनेर मात्रै कारोबार गर्ने गर्नुहोस् होइन् भने पछुताउनु पर्ने हुन्छ् । यस्तै भएको छ, रौतहट ४ गौरका एक सेवाग्राहि गौतम कुमार श्रेष्ठको नेपाल राष्ट्र बैकबाट ‘ख’ वर्गको श्रेणि पाएका ज्योति विकास बैकले २०६७ सालमा मोटरसाइकल खरिद गरेका गौतम कुमार श्रेष्ठलाई अहिले बैकको बदमासिका कारण पछुताउनु परेको छ । 
ज्योति विकास बैकको चन्द्रनिगाहपुर शाखाबाट ऋणलिई मोटरसाइकल खरिद गरेका श्रेष्ठले नियमित रुपमा बैकको सबै ऋण चुक्ता गरेपनि वीरगंज शाखाका प्रबन्धकको लापरवाहीले  मोटरसाईकल ऋणी श्रेष्ठको नाममा नामसारी हुन सकेको छैन् । ज्योति विकास बैक चन्द्रनिगापुर शाखाले वीरगंज शाखालाई यातायात कार्यालयमा प्रतिनिधि पठाई ऋणीको नाममा मोटरसाइकल नामसारी गराई दिनका लागि लेखेको पत्रलाई समेत बेवास्ता गर्दै शाखा प्रबन्धक किरण बरालले, कामको चाप छ, धेरै भिडभाड छ आज हुन्न भोलि पर्सि आउनुस् चन्द्रनिगाहपुर शाखाले हामीसंग समन्वय गर्दैनन् हामीलाई मतलब छैनन भन्दै सेवाग्राहीलाई फर्काईदिएका छन् । जबकी श्रेष्ठ आफैले १२ बजे देखि २ घण्टा सम्म बीरगंज शाखामा बस्दा एक जनापनि सेवाग्राही बैकमा सेवा लिन आएका थिएनन् । यसरी बैकबाट कारोबार गर्न ऋण लिएका सेवाग्राहीहरुले ऋणको ब्याज खाउन जेल ताकेता गर्ने तर ऋण चुक्ता भएपछि बेवास्ता गर्ने गरेकाले श्रेष्ठ जस्तै थुप्रै सेवाग्राहीहरु मर्कामा परेका छन् । 



कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.

मलेशियामा धमाका हुँदै



मलेशिया /
मलेशियामा रहेला नेपालीहरुको मनोरञ्जनका लागि आउदो जुलाइ ७ र ९ मलेशिया स्थित पेनाङका दुई शहरमा धमाका हुने भएको छ ।जुलाई ७ मा बियम र ९मा पुलाउ पेनाङ स्थित पाच तारे ओलिभ ट्रि होटलमा आयोजना हुनलागेको उक्त धमाका लागि नेपाल बाट चर्चित कालाकारहरु मलेशिया आउने भएका हुन् ।
बिगतमा जस्तै यसपटक पनि रकस्टार ग्रुपको आयोजनामा रकस्टार धमाका ३ हुन लागेको हो ।

कार्यक्रममा महानायक राजेश हमाल, गायक सुगम पोख्रेल, गायिका कोमल ओलि, हास्य कलाकार जितु नेपाल (मुन्द्रे) र नायिका नम्रता सापकोटाको प्रस्तुति रहने रकस्टारका रमेश राइले जानकारी दिनुभयो ।मलेशिया स्थित पुलाउ पेनाङमा हुन लागेको उक्त कार्यक्रम मलेशिया रहेका नेपाली बिच आत्मीयता साटासाट गर्ने माध्यम बने ग्रुपका अर्जुन बिकले बताउनु भयो ।
बिगतमा दिइ पटक सम्म कार्यक्रम गरिसकेको र तिनै दर्शको माग अनुसार यसपटक कलाकार छनोट गरि कार्यक्रम आयोजना गरिएको सुवास शंकरले बताउनु भयो । मुस्लिम धर्मावलम्बीलेको पर्व हरिरायको उपलक्ष्यमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रम मलेशिया स्थित पेनाङ्गका दुई शहरमा हुने आयोजकले जनाएको छ । जुलाई ७ मा बियम र ९मा पुलाउ पेनाङ स्थित पाच तारे ओलिभ ट्रि होटलमा हुनलागेको कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको रकस्टार ग्रुपले जनाएको छ ।कार्यक्रम हेर्न सहज होस भनेर विभिन्न स्थानबाट निसुल्क बस सेवा उपलब्ध गराएको समेत आयोजकले जानकारी दिएको छ ।






कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.

Banana Farming in Nepal

 
Copyright © 2013 Latest News From Birgunj City, Nepal. (Explore Your Hidden Activetis)
Shared by Themes24x7Powered byBlogger