BREAKING NEWS

Health

Report

Amazing

म्युजिक भिडियो मार्फत चम्किदै नरेश

मध्य नेपाल २६ चैत्र
कैलालको मसुरिया बढैपुर जन्मिएका नरेश जोगि अहिले म्युजिक भिडियो मार्फत चर्चामा रहेका छन् । टंक बुढाथोकीको संगीत तथा स्वरमा रहेको ‘ओए लब्ली’ मार्फत थारु म्युजिक भिडियो बाट डेब्यु गरेका नरेस अहिले लोक दोहोरोको म्युजिक भिडियोमा व्यस्त रहेका छ्न ।
गायक हेमराज थापा र गायिका तुल्सी घर्तिमगर को स्वरमा रहेको मायाको घण्टी बजाउछु गितको सुटिङ चलिरहेको नरेश जोगिले बताए । मोफसलबाट कलाकारिता गर्न निकै गाह्रो छ । नरेश भन्छ्न, म कलाकारिता मार्फत कैलालीलाई चिनाउन चाहन्छु,  निर्माणाधीन म्युजिक भिडियोमा नरेश संग अञ्जली ठकुरी देखिने छिन । उनी अभिनित  विभिन्न म्युजिक भिडियो बजामा आइसकेको छ । 
नरेश जोगि
 यस पटक नरेश संग काम गर्न पाएकोमा खुशी महसुस गरेको ठकुरीले बताइन् । नरेश क्षमतावान मोडल हुन्। अञ्जलीले भनिन् म पनि उहाँ जस्तै संघष गरेर अघि बढ्न चाहान्छुू । नरेश र अञ्जली अभिनित म्युजिक भिडियो बिक्रम चौहानले तयार गरिरहेका छन् । म्युजिक भिडियो केही समयमै बजारमा आउने चौहानले जानकारी दिए । टंक बुढाथोकीकै स्वरमा रहेको दुई गितमा आइसकेका नरेश आउदै गरेको गितले आफुलाइ थप सफल दिलाउने जनाए ।

Post a Comment

Banana Farming in Nepal

 
Copyright © 2013 Latest News From Birgunj City, Nepal. (Explore Your Hidden Activetis)
Shared by Themes24x7Powered byBlogger