जवानीमा हल्काफुल्का जोश हुनु सामान्य हो । तर, सेलिब्रेटी भइसकेपछि
जवानीलाई ठीक ठाउँमा वबसाउन पनि जान्नुपर्छ । उम्लिउको जवानी ठीक ठाउँमा
बिसाउन नसक्दा कान्तिपुर टेलिभिजनका दुई चर्चित मनोरन्जन कार्यक्रम
प्रस्तोता जोडी प्रहरी फन्दामा मात्र परेनन्, उनीहरुले त्यही लाजले जागिर
नै छाड्नुपरेको छ । अचेल कान्तिपुर टेलिभिजनमा ‘जोशमा होस गुमाउँदाको
कहानी’ हिन्दी फिल्मको कहानी घरघरकी जस्तै चर्चित बनेको छ । कान्तिपुर
टिभीको कल कान्तिपुरलगायत मनोरन्जनात्मक कार्यक्रम प्रस्तोता सुरज गिरी र
सहना बज्राचार्य केही दिनअघि चितवनको एक सडकमा गाडीभित्रै जवानी बिसाइरहेका
बेला प्रहरीको पेट्रोलिङ टोलीको फन्दामा परे ।
घटना राति ३ बजेतिरको थियो ।
सुरजको निजी गाडीमा उनीहरु आपसमा जोडिएको अवस्थामा भेटिएका थिए । सडकमा
गाडी हल्लिएपछि प्रहरी उनीहरु भएतिर गएको स्रोतले जनाएको छ । प्रहरीले
गाडीभित्र उनीहरुलाई लगभग नग्न अवस्थामा भेटेपछि उनीहरुले आफ्नो परिचय
दिएका थिए । ‘कान्तिपुरका पत्रकार हौं’ भनेपछि प्रहरीले पक्राउ नगरी
छाडिदियो । बरु उनीहरु कान्तिपुरका पत्रकार हुन् कि होइनन् भनेर प्रहरी
अधिकृतले कान्तिपुर समाचार प्रमुख तिर्थ कोइराला र भूषण दाहाललाई फोन गरेको
प्रहरी स्रोतले जनाएको छ । तर, मूडि स्वभावका कोइरालाले उनीहरु
कान्तिपुरका पत्रकार नभएको र समाचार शाखामा ती नामका पत्रकार नभएको जवाफ
दिएको चितवनका एसपी प्रद्युम्न कार्की निकट प्रहरी स्रोतले जनाएको छ । साँधु साप्ताहिकबाट
कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
Post a Comment