BREAKING NEWS

Health

Report

Amazing

नारायणी उप–क्षेत्रिय अस्पताल वीरगंजमा पुनः अनावश्यक विवाद ।



साउन २६ पर्सा
पटक पटक विभिन्न विवादमा रहदै आएको नारायणी उप–क्षेत्रिय अस्पताल वीरगंजमा पुनः अनावश्यक विवाद शुरु भएको छ । केहि दिन अगाडी मात्रै अस्पताल विकास समिति कर्मचारी युनियनमा निर्वाचित भएका केहि कर्मचारीहरुको आफनो मनोपरिले अस्पताल पुन विवादमा आएको हो । अस्पतालमा मेसुले नियम विपरित नियूक्ति गरेको भन्दै युनियनका केहि कर्मचारीहरुले मेसुको कार्यकक्ष मै ताला बन्दी गर्न गएका थिए । तर प्रहरीले भने ताला बन्दी गर्न दिएनन् । 
डायलशिस मेसिनको सेवा सुचारु संगै डायलशिस चलाउने कर्मचारी रिक्त रहेको स्थानमा २ जना कर्मचारी यहि सउन १ गते नियूक्ति गरि सेवा सुचारु गरेको अस्पतालले एक महिना हुन नपाउदै अस्पतालकै केमिकल चोर, विरामिलाई अफनै क्लिनिकमा पठाउन दबाब दिने सहायक चिकित्सक लगायतका व्यक्तिले नियम विपरित नियुक्ति गरेको भन्दै विरोध गरेका थिए । यसरी विरोधमा उक्रिनेहरु अस्पताल कै केमिकल, औषधि तथा चोरिमा संलग्न रहेका कर्मचारीहरु रहेकाले अनावश्यक जनतालाई दुःख दिनका लागि र मेडिकल सुपरिटेण्डेन्ट डा.रामाशंकर ठाकुरलाई अस्पतालवाट सरुवा गराउनका लागि विरोध गरिरहेको अस्पतालका एक चिकित्सकले बताए । यसरी विरोध गर्नुको प्रमुख कारण भने मेसुले नै आट गरि अस्पतालको आम्दानिको श्रोतका लागि अस्पतालको नाममा रहेको सटरलाई नयाँ टेण्डर अहवान गरेको, अस्पतालमा हाजिर नहुने तर किल्नीकमा समय विताउनेलाई कावार्हिको दायरमा ल्याएको, जरनेटरको तेल, अस्पतालको केमिकल लगायत चोरिमा संलग्नलाई कावार्हिको दायरामा ल्याएकाले मेसुलाई बदला लिने उदेश्यले यसो गर्न खोजिएको अस्पतालमा सेवा लिन आएका एक सेवाग्राहिले बताए । 
निकै समय देखि डायलसिस मेसिन वन्द हुदाँ कहिल्यैपनि एक विज्ञप्ती जारि नगर्ने यि संस्थाले डायलशिस मेसिनमा भर्ना भएका श्रृष्टी चौधरी र नरेन्द्र कुशवाहालाई बर्खास्त गर्नुपर्ने माग राख्दै विज्ञप्ती निकालि ५ दिन अगाडी देखि हातमा कालो पटि बाधि काम गरे भने, आईतवार मेसुको कार्यकक्षमा नै ताला बन्दी तथा घेराउ गर्न पुगेका थिए । यसरी अस्पतालमा विभिन्न विवाद गर्दै आएका केहि सिमित व्यक्ति कारण अस्पतालको नाम बदनाम हुनुको साथै सेवाग्राहिहरु समेत मर्कामा पर्न थालेका छन् । 

कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.

Post a Comment

Banana Farming in Nepal

 
Copyright © 2013 Latest News From Birgunj City, Nepal. (Explore Your Hidden Activetis)
Shared by Themes24x7Powered byBlogger