वीरगंज,असार १,
नारायणी उपक्षेत्रिय अस्पतालमा बिकासको कार्यले गति लिएको छ । सदभावना पार्टीका केन्द्रिय सदस्य एवं सभासद बिमल केडियाको संसदिय कोषबाट नारायणी उपक्षेत्रिय अस्पताल वीरगंज प्रतिक्षालय एवं वगैचाको निर्माण कार्य शुरु भएको छ । सदभावना पार्टीका केन्द्रिय सदस्य एवं निर्माण समितीका अध्यक्ष निजामुदिन समानीको अगुवईमा भईरहेको निमार्ण कार्यमा संसदिय कोषबाट ५ लाख रुपैयाँ केडियाले सहयोग गरेका हुन । निर्माण भईरहेको कार्यको अस्पताल प्रशासनले अनुगमन गरिरहेको छ । निर्माण समितीका सचिव राजेश साहका अनुसार यो निर्माण कार्यलाई असार मसान्त भित्र पुरा गर्ने लक्ष्य लिएको छ । नारायणी उपक्षेत्रिय अस्पताल वीरगंज कर्मचारी युनियनका अध्यक्ष रामेश्वर प्रसाद कुर्मीले अस्पतालको बिकासमा सम्पुर्ण राजनितीक दल एवं नागरिक समाज लगायत सरोकारवालाहरु लाई सहयोग गर्न आग्रह गरेका छन् ।
Post a Comment