वीरगंज,अषाढ १
यौनिक तथा लैङ्गिक हिंसा रोकथाममा पुरुष र युवाहरुको भुमिका बिषयक तीन दिने तालिम वीरगंजमा सम्पन्न भएको छ । गृह मन्त्रालयको सहहकार्य एवं युएनडीपीको सहयोगमा संचालित तालिममा बारा र पर्सा जिल्लाका २५ जना महिला र पुरुषको सहभागिता रहेको थियो । तीन दिने तालिममा बैजन्ती गिरी सिंह र बेनुमाया गुरुङ्गले प्रशिक्षण दिएको तालिममा सरोज चौरसिया, शिवनाथ यादव,शिला सरकार,ओमप्रकाश ठाकुर ,नीभा सिंह,संजय गुप्ता लगायतकाले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए । तीन दिने तालिममा पृतीसतात्मक परम्परा, महिला र पुरुष वीचको समाजिक बिभेद , शक्ति र समाजिक संरचनाको प्रभाव,हिंसाको प्रकृति र प्रकार , लिङ्गको आधारमा हुने घरेलु हिंसा,यौनिकता र प्रजनन , लैङ्गिक हिंसा र कानुन, बाल स्याहार तथा हेरचाह एवं बाबुको भुमिका , घरेलु हिंसा बिरुद्ध हस्तक्षेप बिषयमा प्रशिक्षक एवं सहजकर्ताहरुले प्रशिक्षण दिएका थिए । तालिमको समापनसत्रमा बोल्दै वक्ताहरुले यो लैङ्गिक हिंसा समाजमा एच.आई. भी एड्स र क्यान्सर भन्दा खतरनाक रहेको बताउदै तालिमबाट सिकेका कुरा ईमान्दारीपूर्वक व्यवहारमा लागु गर्दै समाजमा उदाहरणी व्यक्ति बन्न तालिमका सहभागिहरुलाई सुझाव दिएक थिए । तराई मधेसको समाजमा दाईजो प्रथा , महिला हिंसा र रुढीबादी परम्पराले लैङ्गिक हिंसा बढाएको बताउदै आउदो दिनमा समाज र परिवारमा रोलमोडेलको रुपमा प्रस्तुत हुन सहभागिहरुलाई ध्यानाकर्षण गराएका थिए । तालिमका सहभागि सम्पुर्ण सहभागिले स्वस्थ्य समाज निमार्णमा आफनो तर्फबाट खेल्नु पर्ने भूमिका बारे प्रतिवद्धता जनाएका थिए ।
Post a Comment