BREAKING NEWS

Health

Report

Amazing

आन्दोलनले भारिमात्रामा राजश्व संकलन प्रभावित

वीरगंज भन्सार कार्यलयमा मात्र ७ अर्ब प्रभावित l फोटो : जियालाल साह

आश्विन २१ पर्सा
आन्दोलनरत मधेशी मोर्चाले असोज ७ गते देखि गरेको नाकाबन्दीको आज १५ औं दिनमा देशको सवैभन्दा बढी राजश्व संकलन गर्ने वीरगंज भन्सार कार्यलयको राजश्व संकलनमा भने निकै प्रभाव परेको छ । वर्षको सुरुवात मै भुकम्पले थला परि राजश्व घाटा बेहोरेको भन्सार कार्यलयले मोर्चाले गरेको बन्दका कारण भदौँ महिनामा मात्रै लक्ष्यको ३ अर्ब ९१ करोड रुपैया राजश्व घाटा बेहोरेको हो । यससंगै मोर्चाले आन्दोलनको स्वरुप परिवर्तन गरेर जबदेखि नाकामा नाकाबन्दी गर्न थालेका छन् त्यसयता दैनिक रुपमा वीरगंज भन्सार कार्यालयले ७ देखि १० करोड रुपैया सम्म मात्र राजश्व संकलन गरिरहेको छ जबकि दैनिक रुपमा ३० करोड सम्म राजश्व संकलन गर्दै आएको वीरगंज भन्सार कार्यालयका प्रवक्त सुशिल सर्माले बताउनु भएको हो । उनले यस महिनाको लक्ष्य ७ अर्ब ७८ करोड मध्ये आज २१ गते सम्म १ अर्ब ८५ करोड रुपैया मात्रै राजश्व संकलन गरेको हो उनले भने यस्तै अवस्था रहिरहने हो भने यस महिनामा ५ अर्ब भन्दा बढी राजश्व घाटा हुने बताए । 

कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.

Post a Comment

Banana Farming in Nepal

 
Copyright © 2013 Latest News From Birgunj City, Nepal. (Explore Your Hidden Activetis)
Shared by Themes24x7Powered byBlogger