BREAKING NEWS

Health

Report

Amazing

१६ औँ दिन पनि प्रमुख नाका बन्द

नागाँ धोति जुलुस प्रदर्शन गर्दै आन्दोलनकारी ।
आश्विन २२ पर्सा 
आन्दोलनरत मधेशी मोर्चाले गएको असोज ७ गते देखि गर्दै आएको नाकाबन्दी आज शुक्रबार १५ औं दिन पनि जारी रहेको छ । लगातारको आमहडतालपछि मोर्चाले आन्दोलनको स्वरुप परिवर्तन गरेर देशभरका सबै नाकाहरुमा धर्ना बसेर नाका अवरोध गर्दै आएका छन् । मोर्चाको धर्नाका कारण नेपालको प्रमुख भन्सार नाका वीरगन्जबाट १६ दिनदेखि कुनै पनि माल समान भित्रिएको छैन । संयुक्त लोकतान्त्रीक मधेसी मोर्चा र संघीय समावेशी मधेसी मोर्चाले संयुक्त रुपमा गर्दै आएको नाकाबन्दीमा स्व–स्र्फुत मधेसी जनताले पनि साथ दिईरहेका छन् । 
विहान पख थोरै मात्रमा धर्नामा सहभागि भएपनि दिउसो हरेक दिन गाउँ गाउँबाट टयाक्टर, बैलगाडा मोटरसाईकल र साईकलमा मधेसी जनता नाकामा धर्ना दिन आईरहेका छन् । मधेशी दलले दशगजा क्षेत्रमा धर्ना दिएर नाका ठप्प पारेका कारण वीरगन्ज र रक्सौल आउने जाने सवारी आवागमन ठप्प हुनुको साथै आर्थिक नगरिको रुपमा चिनिने वीरगंज बजारको व्यवसाय फटफुट बाहेक ठप्प नै भएका छन् ।


आन्दोलनमा सहभागिहरु । 

आन्दोलनमा सहभागिहरु । 






कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.

Post a Comment

Banana Farming in Nepal

 
Copyright © 2013 Latest News From Birgunj City, Nepal. (Explore Your Hidden Activetis)
Shared by Themes24x7Powered byBlogger