BREAKING NEWS

Health

Report

Amazing

एभिन्युजका राजु श्रेष्ठ र क्यामेरा पर्सन जियालाल साहमाथि आक्रमण

ब्यूरो प्रमुख राजु श्रेष्ठ र क्यामेरा पर्सन जियालाल साह

वीरगन्ज २३ असोज 
एभिन्युज टेलिभिजनका वीरगन्ज ब्यूरो प्रमुख राजु श्रेष्ठ र क्यामेरा पर्सन जियालाल साहमाथि शुक्रबार साँझ आक्रमण भएको छ । मधेस आन्दोलनका सम्बन्धमा आदर्श चोकबाट साँझ ७ स्३० बजे  टेलिभिजनमा लाईभ रिपोर्टिङ गरिरहेका बेला श्रेष्ठ र साहमाथि आक्रमण भएको हो । श्रेष्ठले आज वीरगन्जमा मधेसी मोर्चाबाट भएको प्रदर्शनका सम्बन्धमा जनताको प्रतिक्रिया लिइरहेका थिए । प्रदर्शनमा सहभागी हुन गाउँबाट आएको एक समूहले एक्कासि आक्रमण गरेको श्रेष्ठले बताए । श्रेष्ठ र साहलाई कुटपिट गरिएको छ । उनीहरु ज्यान जोगाउन भागेर एक सटर भित्र लुकेका थिए । त्यहाँ पनि आक्रमणको प्रयास गरिएको थियो । प्रहरी आएर लाठी चार्ज गरेर आक्रमणकारीलाई भगाएर पत्रकारद्वयलाई उद्धार गरेको हो । 





कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.

Post a Comment

Banana Farming in Nepal

 
Copyright © 2013 Latest News From Birgunj City, Nepal. (Explore Your Hidden Activetis)
Shared by Themes24x7Powered byBlogger