विश्वफूटबलसंघ (फिफा) को श्रेणी निर्धारणा (र्याङ्किङ)मा नेपाल ६ स्थानमाथि उक्लेको छ ।
गत महिना १८५ औं स्थानमा रहेको नेपाल १७९औं स्थानमा उक्लिएको हो ।
विश्व फूटबल संघ (फीफा)ले बिहीबार सार्वजनिक गरेको नयाँ सूची अनुसार दक्षिण एशियाली मुलुकहरूमध्ये अफगानिस्तान सबैभन्दा माथि १४७ औं स्थानमा छ। त्यसैगरी माल्दिभ्स १६०औं स्थानमा, भारत १६२ औं स्थानमा र बंगलादेश १७७ औं स्थानमा छन्।
त्यसैगरी नेपालभन्दा मुनी भूटान १८६ औं स्थानमा, श्रीलंका १८७ औं स्थानमा र पाकिस्तान १९० औं स्थानमा छन्। पहिलो स्थानमा अर्जेन्टिना, दोस्रोमा बेल्जियम र चिली तेस्रो स्थानमा छन् ।
कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
Post a Comment