BREAKING NEWS

Health

Report

Amazing

वनमा राष्ट्रपती देखी जनताको गिद्दे नजर

वैशाख १४ पर्सा २०७३
वनमा राष्ट्रपती देखी प्रत्येक जनताको गिद्दे नजर रहेको वन अधिकृत चन्द्रलाल कर्णले बताएका छन् । 
तराई भु–परिधी हरियो वन कार्याक्रम अन्तर्गत वन डढेलो नियन्त्रणमा सञ्चारकर्मीको भुमिका विषयक गोष्ठी कार्यक्रममा बोल्दै वन अधिकृत कर्णले नेपालका जतिजना मन्त्रि छन्, ति सवैको वनमा होल्ड रहेको बताएका थिए । उनले मैले राष्ट्रिपति देखि सवै जनताको गिद्दे नजर रहेको बताईसकेपछि नाम तोक्नै पर्ने नभएको बताएका थिए । कर्णले राष्ट्रिपतिले समेत वनको दाउरा प्रयोग गरिरहेका छन् तर यसको संरक्षण र सम्वर्धनमा पहल हुन सकेको छैन् ।
सामुदायीक वन उपभोक्ता महासंघ र जिल्ला महासंघ पर्साको आयोजनामा भएको कार्यक्रममा सहभागिहरुले डढेलो नियन्त्रणमा स्थानिय स्तर र सञ्चारकर्मिको महत्वपुर्ण भुमिका रहेको बताएका थिए । प्रचार प्रसार जनचेतनाका लागि सञ्चारकर्मिको महत्वपुर्ण भुमिका भएको हुँदा आफ्नो जिल्लामा भएका वन जोगाउनका लागि वन कार्यालय र नेपाल पत्रकार महासंघको समन्वयमा डढेलो नियन्त्रणका प्रयासहरु गर्न सकिने सहायक वन शिवनन्दन साहले बताएका थिए । 
वनमा ढडेलो लाग्ने, चोरी सिकारी गर्ने तस्करहरुका कारण दिन प्रतिदिन मासिदै गएको र वन जोगाउन गर्नुपर्ने पहल प्रभावकारी कदम नभएको हुँदा वन जोगाउन अझै जोखिमहरु बढ्दै गएको सहभागिहरुले चिन्ता जनाएका थिए । वन मासिएर छेउँछाऊका स्थानियहरु पानि विना बस्नै नस्कने अवस्थामा पुगेको भएपनि वनलाई विस्तारका लागि विक्षारोपन जस्ता कार्यक्रम प्रभावकारी ढंगले अवलम्बन गर्नुपर्ने सुझाव दिएका थिए । 


कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.

Post a Comment

Banana Farming in Nepal

 
Copyright © 2013 Latest News From Birgunj City, Nepal. (Explore Your Hidden Activetis)
Shared by Themes24x7Powered byBlogger