BREAKING NEWS

Health

Report

Amazing

एकदिवसीय राष्ट्रिय क्रिकेटको उपाधि वीरगञ्जलाई

फाइनलमा वीरगञ्जले डिफेण्डिङ च्याम्पियन एपीएफलाई ३ विकेटले पराजित गर्‍यो ।, 

८ बैशाख, काठमाडौं । सशस्त्र प्रहरीको एपीएफलाई पराजित गर्दै क्षेत्र नम्बर २ वीरगञ्जले पेस्सी स्ट्याण्डर्ड चार्टर एकदिवसीय राष्ट्रिय क्रिकेटको उपाधि जितेको छ ।
मंगलबार भएको फाइनलमा वीरगञ्जले डिफेण्डिङ च्याम्पियन एपीएफलाई ३ विकेटले पराजित गर्‍यो । उसले १ लाख ५० हजार पाएको छ भने एपीएफले १ लाखमा चिक्त बुझाएको छ ।
कीर्तिपुरमा एपीएफले प्रस्तुत गरेको २ सय १३ रनको लक्ष्य वीरगञ्जले सात बल बाँकी छँदा ७ विकेटको क्षतिमा भेट्टायो । वीरगञ्जको सुरुवात भने खराव थियो । स्कोर बोर्डमा ८ रन जोड्दा ओपनर अनिल साहलाई गुमाएको वीरगञ्जले कुल ३१ रन बनाउँदा चार विकेट गुमाइसकेको थियो ।
तर, उसको पारी अमित श्रेष्ठ र आरिफ शेखले सम्हालेका थिए । अमित र आरिफले १ सय ४७ रनको साझेदारी गरे । आरिफ पाँचौ विकेटका रुपमा व्यक्तिगत ७० रनमा आउट । ओपनर अमित भने जित पक्का गर्नुअघिको बलमा आउट भएका थिए । उनले ८८ रन बनाए । एपीएफका भुवन कार्कीले ३ विकेट लिए भने रितेश सिंह र संजम रेग्मीले समान २(२ विकेट लिए ।
यसअघि पहिले व्याटिङ गरेको एपीएफले ४६।१ ओभरमा सबै विकेट गुमाएर २ सय १३ रन बनाएको थियो । उसका लागि आकाश गुप्ताले ४५ बलमा ८ चौका र ४ छक्काको मदतमा ६९ रन बनाएका थिए ।
वीरगञ्जका कुमार थापाले चार विकेट लिए भने रामनरेश गिरीले तीन विकेट लिएका थिए । onlinekhabar.com




कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you

Post a Comment

Banana Farming in Nepal

 
Copyright © 2013 Latest News From Birgunj City, Nepal. (Explore Your Hidden Activetis)
Shared by Themes24x7Powered byBlogger