BREAKING NEWS

Health

Report

Amazing

आगलागिले १५ घर सखाप (फोटो फिचर)


औराहा १३ पर्सा २०७३ वैशाख
जियालाल साह
पर्सा जिल्लाको गाविस औराहामा पर्ने सन्ठी टोलमा आगलागि हुदाँ १५ घर जलेर सखाप भएको छ ।
स्थानिय जनक पटेल कुर्मिको चुलोबाट दिउसो करिब १ बजेबाट सुरु भएको आगलागि स्थानियवासि, सशस्त्र प्रहरी, नेपाल प्रहरी र वीरगंजबाट गएको बरुण यन्त्रले दिउसो चार बजे मात्र आगो नियन्त्रणमा लिएको थियो ।
सदरमुकाम वीरगंजबाट समयमै दमकल गएपनि बाटोको समस्या र करिब २२ किलोमिटरको दुरीमा गाऊ रहेकाले आगलागिले १५ वटा घर जलेको स्थानियहरुले बताएका छन् ।

 आगलागिले औराहा वडा नम्बर ४ की एकल परिवार समेत रहेकी श्रीमति देवी, ३ का स्थानिय कमलेश साह, चन्द्रीका राउत कुर्मी, कन्हैया राउत कुर्मी, राजेश राम, रामदेव राउत कुर्मी, दुखी महतो, रामेश्वर महतो, पारस साह, रेखा राउत, राममनि राउत अहिर, मुकेश महतो, मन्सी राम र विनोद महतो को घर जलेर नष्ट भएको हो । आगलागिले भर्खरै भण्डारण गरेर राखेको गहु, तोरी, आलस लगायतको अन्न बालि, जिन्सी समान, गरगहना, लताकपडा लगायतको समान जलेर सखाप भएको हो । आगलागिबाट लगभग २८ लाख भन्दा बढी समानहरु जलेर नष्ट भएको प्रहरीले अनुमान गरेको छ ।

जिल्लाको अधिंकाश ग्रामिण भेगको वस्ती वीरगंजबाट पुर्व र वीरगंजबाट टाढा रहेकाले प्रत्येक वर्ष एकै ठाउँमा आगलालि हुदाँ एक दर्जन भन्दा बढी घरहरु जलेर नष्ट हुने गर्दछन् । पटक – पटक स्थानियले पोखरीया नगरपालिकाका लागि दमकल माग गरेपनि हाल सम्म दमकल उपलब्ध नभएकोले वीरगंजबाट घटना स्थल पुग्दा सम्म घरहरु जलेर सखाप भईसकेको हुन्छन् ।




कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.

Post a Comment

Banana Farming in Nepal

 
Copyright © 2013 Latest News From Birgunj City, Nepal. (Explore Your Hidden Activetis)
Shared by Themes24x7Powered byBlogger