BREAKING NEWS

Health

Report

Amazing

शहीदको शालिक रहेको स्थानमा मोर्चाको प्रहार


शहीदको शालिक अगाडि विरोध प्रदर्शन गर्दै मोर्चाका कार्यकर्ता । तस्वीर ; जियालाल साह
माघ १६ पर्सा
जियालाल साह
मधेशी मोर्चाका कार्यकर्ताहरुले वीरगंजमा शहीद तेजबहादुर अमात्यको शालिक रहेको स्थानमा ढुंगामुढा  र टायर  बालेर समेत प्रदर्शन गरेका छन् । आज शहीद दिवस हो । गण्डकस्थित शहीद तेजबहादुर अमात्यको शालिकमा नेपाली कांग्रेसका नेता–कार्यकर्ताले फूलमाला चढाई श्रद्धाञ्जलि व्यक्त गरेलगत्तै पुगेका मधेशकेन्द्रित दलका नेता कार्यकर्ताले फूलअबिर चढाएको स्थानमा नियतबस कुल्चँदै, ढुंगा हान्दै र छेउमै टायर बालेर नेपाली कांग्रेसविरुद्ध नाराबाजी गरेका हुन् ।
कांग्रेसका स्थानीय नेता कार्यकर्ताहरुले नारायणी उपक्षेत्रीय अस्पताल परिसरमा रहेको शहीद थिरबम मल्लको शालिकमा माल्यार्पण गरेपछि गण्डकमा रहेको शहीद तेजबहादुर अमात्यको शालिकमा समेत माल्यार्पण र श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।
शहीदको शालिक अगाडि विरोध प्रदर्शन गर्दै मोर्चाका कार्यकर्ता । तस्वीर ; जियालाल साह
कांग्रेसको झण्डा सहितको जुलुसलाई घण्टाघरबाटै पछ्याईरहेका मधेशी मोर्चाका स्थानीय नेता शिव पटेल र उनका कार्यकर्ताको समूहले अमात्यको शालिक भएको स्थानमा पुगेर शहीद बारे लेखिएको संगरमरमरमा ढुंगा हान्दै, फूलमाला कुल्चेर कांग्रेसविरोधि नारा लगाएका थिए ।
घटना लगत्तै पुगेको प्रहरीले मोर्चाका कार्यकर्ताहरुलाई शालिक परिसर बाहिर निकालेपछि त्यसस्थानमा तोडफोड भने हुन पाएन ।
कांग्रेस नगर समितिका सभापति महमद सहाबुद्दिनले शहीद मधेश वा पहाडको नभई मुलुककै हुने भएकाले उनीहरुलाई सबैले सम्मान गर्नुपर्ने बताए ।
कांग्रेस वीरगञ्ज नगर कार्यसमितले शहीद दिवसको अवसरमा नारायणी उपक्षेत्रीय अस्पतालमा एक थान नेबुलाईजर प्रदान गर्नुका साथै बिरामीहरुका लागि फलफुल वितरण समेत गरेको थियो ।

जियालाल साह, वीरगञ्ज हिमालखबर
हिमालखबर

हिमालखबर
कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.

Post a Comment

Banana Farming in Nepal

 
Copyright © 2013 Latest News From Birgunj City, Nepal. (Explore Your Hidden Activetis)
Shared by Themes24x7Powered byBlogger