माघ १६, पर्सा
उमेर समूहको विश्व क्रिकेटमा समृद्ध इतिहास रहेको नेपालले शनिबार त्यसमा अर्को कोशेढुंगा उपलब्धी थपेको छ । नेपालले यसका लागि बंगलादेशमा भइरहेको यू १९ विश्वकपको क्वाटरफाइनल यात्रा तय गरेको हो । नेपाल युवा विश्वकपको अन्तिम आठमा पुगेको यो दोस्रो पल्ट हो ।
उमेर समूहको विश्व क्रिकेटमा समृद्ध इतिहास रहेको नेपालले शनिबार त्यसमा अर्को कोशेढुंगा उपलब्धी थपेको छ । नेपालले यसका लागि बंगलादेशमा भइरहेको यू १९ विश्वकपको क्वाटरफाइनल यात्रा तय गरेको हो । नेपाल युवा विश्वकपको अन्तिम आठमा पुगेको यो दोस्रो पल्ट हो ।
प्रतियोगिताको
समूह डी मा नेपालसँगै भारत लगातार दुईरदुई खेल जितेपछि यो स्थिति तयार भएको
हो । भारत पनि प्रतियोगितको अन्तिम आठमा पुगेको छ । नेपालले आफ्नो दोस्रो
खेलमा आयरल्यान्डलाई आठ विकेटले हराएको हो । नेपालले पहिला खेलमा
न्युजिल्यान्डलाई ३२ रनले पराजित गरेको थियो ।
नेपाल
यसअघि सन् २००० को यू १९ विश्वकपमा क्वाटरफाइनल पुगेको थियो । तर त्यति
बेला नेपाललाई भाग्यले साथ दिएको थियो । यसपल्ट भने नेपालले मैदानमा
उत्कृष्ट प्रदर्शन गर्दै यो उपलब्धीलाई आत्मसात् गरेको हो । अब नेपालले लिग
चरणको अन्तिम खेलमा सोमबार भारतको सामना गर्नेछ ।
लगातार
दुई खेल हारेपछि यो समूहका अरु दुई टिम न्युजिल्यान्ड र आयरल्यान्डको
चुनौती समाप्त भएको छ । उनीहरूबीचको लिगको अर्को खेलको औपचारिक अर्थ हुने
छैन् । उनीहरूले अब प्लेट च्याम्पियनसिपमा खेल्नेछन् । भारतले भने शनिबारको
अर्को खेलमा न्युजिल्यान्डलाई १ सय २० रनले हराएको हो ।
पहिले
ब्याटिङ गरेको भारतले त्यस खेलमा आठ विकेट गुमाएर २ सय ५८ रन बनाएको थियो ।
जवाफमा न्युजिल्यान्डले ओभरमा ३१.३ ओभरमा अलआउट भएर १ सय ३८ रन मात्र
जोड्न सक्यो । यसअघि भारतले आयरल्यान्डलाई हराएको थियो ।
नेपालको
क्वाटरफाइनलमा प्रतिद्वन्द्वी भने तय हुन बाँकी छ । त्यसका लागि नेपाल र
भारतबीचको खेल तथा त्यसपछि तय हुने समूह विजेता र उप विजेताले निर्णायक
भूमिका खेल्नेछ । समूह डी को क्वाटरफाइनल समीकरण समूह ए सँग रहेको छ । यस
समूहमा बंगलादेश, दक्षिण अफ्रिका, नामिबिया र स्कटल्यान्ड छन् ।
समूह
डी को विजेताले समूह ए को उप विजेतासँग खेल्नेछ । यस्तै समूह डी को
उपविजेताले समूह ए को विजेतासँग खेल्नेछ । अन्तिम खेल अगाडि समूह डी मा
भारत पहिलो र नेपाल दोस्रो स्थानमा छ ।कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
Post a Comment