BREAKING NEWS

Health

Report

Amazing

बारा र पर्सामा शुरु भएनन् नेपाली काग्रेशको निर्वाचणको चहलपहल

 माघ १५ वीरगंज
जियालाल साह
नेपाली काग्रेशको निदेशन अनुसार आज देशभर काग्रेशको निर्वाचण भएपनि बारा र पर्सामा कुनै पनि निर्वाचनको कार्यक्रम भएको छैन् ।
केन्द्रले गाउँ तथा नगरमा चुनावको लागि निर्देशन दिएपनि । मधेशी मोर्चाको विरोधको कारण अधिवेशन हुन सकेको छैन् । केन्द्रिय निर्देशन अनुसार आज हरेक जिल्लामा निर्वाचन अधिकृत पठाएको भनिएपनि बारा र पर्सामा भने अधिकृतहरु सम्पर्कमा आएका छैनन् । पर्सा जिल्लाको पार्टि सभापति सांसद सुरेन्द्र चौधरी वीरगंज बाहिर रहेकाले कुनै पनि निर्वाचणको प्रकृया नै शुरु नभएको नेपाली काग्रेश नगर कार्य समितिका सभापति महम्द सावुदिनले जनकारी गराउनु भएको छ ।
यसैगरि बारामा भोलि सनिवार जिल्ला सभापति, सांसद र परवेक्षक तथा केन्द्रिय सदस्यहरुको बैठक वसि निर्वाचण बारे निर्णय गर्ने सिमरा इकाइ कमिटिका अध्यक्ष श्यामबाबु गुप्ताले बताए । जिल्ला सभापति आएपनि निर्वाचण अधिकृत सम्पर्कमा नआएकाले आज कुनैपनि गतिविधि गर्न नसकेको सिमरा इकाइ कमिटिका अध्यक्ष गुप्ताले बताए । खासगरि काग्रेश निकट नेपाल शिक्षक संघ बाराले कुनै पनि गाउँ तथा नगर लगायतको अधिवेशनमा सहभागि नहुने केहि दिनअघि विज्ञप्ती निकालेर जनाएका थिए । आन्दोलन कै कारण बाराको ६ वटै निर्वाचण क्षेत्र मध्ये १, २, ३, ४, र ५ मा कुनै पनि गतिविधि भएको छैन तर क्षेत्र नम्बर ६ मा भने भोलि बैठक वसि छलफल गर्ने बताएका छन् । खास गरि १ देखि ४ सम्म मा मधेशी मोर्चाको बहुलियत रहेकाले यस क्षेत्रमा निर्वाचन नहुने जनाईएको छ ।
 

कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.

Post a Comment

Banana Farming in Nepal

 
Copyright © 2013 Latest News From Birgunj City, Nepal. (Explore Your Hidden Activetis)
Shared by Themes24x7Powered byBlogger