BREAKING NEWS

Health

Report

Amazing

नारी दिवश मनाइरहँदा बलात्कृत बालिकाले फेरिन अन्तिम सास



काठमाडौँ, नारी दिवशको जुलुस सभा र सम्मेलन। राष्ट्रपतिदेखि प्रधानमन्त्री र दलका नेताको समेत नारी दिवशमा शुभकामना। तर फागुन १० देखि अस्पतालमा जीवनसँग संघर्ष गरिरहेकी एक अवोधले अन्तिम सास फेरिन् यही दिन। हिजो साँझ ७ बजे एकाएक सन्‍नाटा छायो। पूजा साहले अन्तिम सास फेरिन्। हो ६ वर्षकै उमेरमा बलात्कृत अवोधले नारी दिवशमा नेपाली समाजलाई मुटै नै चिमोट्ने गरी विदा लिइन्। फागुन ९ गेत बिहान करिब ६ बजे। बाराको कलैया ( ६ मोतिमार्ग। कपास उद्योगको फोहर फ्याक्ने ठाउँ। त्यही भेटिइन् अचेत बालिका। कल्पना गर्नसमेत कठिन हुने गरी बलात्कारको पीडा खेपेर बेहोस। भेट्नेहरुले तत्काल उनलाई वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल नपुर्‍याएका होइनन्। तर त्यहाँबाट बलात्कारको शिकार भएकी अवोधको थप उपचार सम्भव भएन। उनलाई ल्याइयो काठमाडौंको कान्ति बाल अस्पताल। चिकित्सकहरुको जोडबल चल्यो बचाउन। उनको प्राण बचोस् भनेर प्रार्थना गर्नेहरु सडकमा जुटे। मैनवत्ती बाले। कामना गरे स् अवोधलाई बचाउ भगवान। घटनामा संलग्न कन्हैयालाल गुप्तालाई प्रहरीले पक्रियो। कानुनी उपचार हुँदै गर्ला तर धेरैको ध्यान अवोधको ज्यान जोगियोस् भन्नेमै थियो। प्रयास पनि निरन्तर रहेकै हो। प्रार्थना पनि कायमै रह्यो। तर भगवानले सुनेन्। एउटा भविष्य अनाहकमै पाशविक शिकार बन्यो। अनि मृत्युवरण पनि एउटा महान दिनमा भयो स् नारी दिवश। उनको शव अहिले त्रिवि शिक्षण अस्पतालमा छ। परिवार लाश पाएपछि दाह संस्कार गर्न तयार भएर बसेको छ। नारा, जुलुस, कामना सबै खेर गएका छन्। त्यो भन्दा पनि बढी पूजा साहले नेपालीको अनुहारमा कालो पोतेर अन्तिम सास फेरेकी छिन्। जसको सासले हामी सबैलाई सताइरहने छ। 



कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.

Post a Comment

Banana Farming in Nepal

 
Copyright © 2013 Latest News From Birgunj City, Nepal. (Explore Your Hidden Activetis)
Shared by Themes24x7Powered byBlogger