दिनहरु बितिरहेका थिए । नम्रताको भिडियो काण्डले सिंगो मुलुक तताएको थियो । चोक, गल्ली, घर सबैजसो स्थानमा यही प्रसंगले बजार पिटेको थियो । दाङ सानो ठाउँ । मैले यस विषयमा उपन्यास लेख्छु भन्ने कुराले पनि चर्चा पाएको थियो । मलाई चिने–जानेका साथीहरुले भेटमा, फोनमा, फेसबुकमा राम्रो कार्यको थालनी गर्न लाग्नुभयो भन्दै मनोबल बढाई रहेका थिए । फेसबुकमार्फत यस विषयमा उपन्यास लेख्न लागेको जानकारी गराएको थिएँ मैले । हरपल यही कुरा मेरो प्राथमिकताको विषय बनेको थियो । म आफ्नो कामलाई भन्दा पनि यही विषयमा बढी घोत्लिएको थिएँ । पत्रिकाको प्रमुख व्यक्ति भएकाले काममा मन नलगाए पनि कसैले मलाई केही भनेका थिएनन् ।
फेसबुक, अर्थात सामाजिक सञ्जाल । अरबौं व्यक्तिहरुको दिनचर्या बनेको छ फेसबुक । फेसबुकले धेरै राम्रा कामहरु गरेको छ । फेसबुककै कारण समाजमा उदाहरणीय कार्यहरु धेरै भएका छन् । सामाजिक सञ्जाललाई दुरुपयोग गर्ने केही खराब चिन्तन भएका व्यक्तिहरुले यसको दुरुपयोग पनि गरिरहेका छन् । जसले गर्दा केही व्यक्तिहरुको उठिबास पनि यसैका कारण भएको छ । म भने फेसबुकलाई सकारात्मक रुपमा प्रयोग गरिरहेको छु । धेरै जिल्लाका साथीहरु यसबाट कमाएको छु ।
फेसबुकमा उपन्यास लेख्ने प्रसंग उठाएपछि यसलाई मनपराउने, सुझाव दिने, टिप्पणी गर्नेहरुको संख्या मिनेट–मिनेटमा बढी रहेको थियो । म पनि फेसबुकमा कसले के भन्छ भन्ने कुरामा बढी जिज्ञासु थिएँ । अझ भनौं, म जुन विषयमा कलम चलाउन खोजिरहेको थिएँ, मेरो मुख्य पात्रले कतै फेसबुकबाट भएपनि मलाई केही भन्छ कि भन्ने मलाई हरदम लागिरहेको छ । म यो तितो घटनालाई आफ्नो कथावस्तुभित्र लिलामीको बजारमा पु¥याउन चाहदिँन । मेरो एउटै उद्देश्य थियो– आउँदो पिँढीले यस्तो गल्ती नदोहोराओस् । मानिसहरु आत्महत्या जस्तो गम्भीर गल्तीको बाटोमा नहिँडुन । परिस्थितिले उत्पन्न हुने जटिल मोडहरुमा मानिसहरु संघर्ष गर्न सक्नुपर्छ । संघर्ष गर्ने व्यक्ति सफल हुन्छ ।
उपन्यास बास्तविक घटनाका आधारमा लेख्ने प्रयास गरिरहेकाले मुख्य पात्रको थोरै बास्तविकता विषय बस्तुभित्र समेटिँदा सुनमा सुगन्ध हुन्छ नै । त्यसैले म उनको केवल घर कहाँ हो, उनी काठमाडौंमा कहिले आइन वा उनको घर नै काठमाडौं हो भन्ने कुरा पत्ता लगाउन चाहेँ । तर यसका लागि मसँग उनको बारेमा पत्ता लगाउने कुनै आधार थिएन । थियो त केवल फेसबुक । कसैले फेसबुकमा यी कुराको जानकारी राखेको छ कि भनेर चिनेजानेजतिको फेसबुक वाल, उनीप्रति भइरहेका चर्चापरिचर्चाका विषयमा हरपल अध्ययन गरिरहेको थिएँ । रातदिन फेसबुकको किरा बन्दा पनि यो विषयमा कोही कसैले उल्लेख गरेको पाइन । फेसबुकमा पाए त केवल, उनीप्रति गरिएका घिनलाग्दा मजाकहरु । प्रतिष्ठित व्यक्तिहरुले पनि उनलाई तल्लोस्तरसम्म गिरेर गाली गरिरहेका थिए । कतिपयले भिडियो नै आफ्नो वालमा राखेर मजा उठाएका थिए । यो विषयमा तल्लोस्तरसम्म गिर्दा बहादुरीको तक्मा पाइन्छ भन्ने मनसाय उनीहरुमा मैले पाएको थिएँ ।
ल्बmचबतब(क्जचभकतजबमरेकोे बाघको जुँगा उखाल्न सिपालु ती बोक्रे भलाद्मीहरुलाई देखेर मलाई भने दया लागेको छ । उनीहरुले सबै बिर्सिएका छन् । प्रेम, सेक्स नभइदिएको भए, यो सृष्टि नै चल्ने थिएन, हामी कोही जन्मने थिएनौँ । संसार ठूलो छ । हरेक दिन मानिसको जीवनमा अनेक उत्तार चढावहरु हुन्छन् । कसैलाई भोलि के हुन्छ भन्ने कुरा थाहा हुँदैन । समय र परिस्थितिले मानिसलाई कुन ठाउँमा पु¥याउँछ, जीवनको चक्र नै यस्तै छ, कहिलेकाँही अन्जानमा गर्न नहुने कार्यहरु मानिसबाट हुन्छन् । गल्ती, कमजोरी गर्दै खारिँदै, सुधार्दै मानिसको जीवन अगाडि बढ्छ । मानिस जन्मिएपछि प्रेम, मोह, स्नेह, लोभ, संघर्षलगायतका सबै आयामसँग जोडिन्छ । मानिसको प्रवृत्ती अनुसार फरक फरक घटनाक्रमहरु जीवनको पाटोसँग जोडिन्छन् । प्रेम जोसँग, जतिबेला पनि हुन सक्छ । सायद नम्रतापनि जीवनको यही चक्रभित्र परिन होला । जसले गर्दा उनीप्रति आज सिंगो समाज आफ्नो घिनलाग्दो अनुहार देखाउन उद्दत छ । उनको नितान्त व्यक्तिगत जीवनसंग गाँसिएको कुरालाई उछालेर यो समाजले के पाइरहेको छ रु पीडामा छटपटिएको मनमा शव्दहरुको तिखो वाँण किन हानिएको छ रु एउटा मानिसले अर्को मानिसलाई पशुभन्दा तल्लोस्तरमा झरेर किन व्यवहार गरेको छ रु यतिबेलाको समाजको प्रवृत्तिलाई विश्लेषण गर्दा यहाँ लाग्छ, नम्रताले जेजसरी हुन्छ गल्ती गरुन्, अनि हामी उनको अस्मिता बिक्री गर्न तमासाको महोत्सव लगाउनेछौं । समाजमा रहेका बोक्रे भलाद्मीहरुले बिर्सिएका छन्, उनीहरुकै पहलमा समाज नकारात्मकताको पराकाष्ठाभित्र जेलिएर कुरुप बनेको छ । भोलि मैले कुनै गल्ती, कमजोरी गरेँ भने पनि यो समाजले मलाई यस्तै बनाउनेछ भन्ने हेक्का यतिवेला कसैले राखेको छैन । खेतीमा लगाइएको बिजको स्तर र मेहनत अनुसारकै फल पाइन्छ । नकारात्मक चिन्तनले भरिएको समाज निर्माण गर्न मोलमोलाई गरिरहेका ठेकेदारहरुको पनि एकदिन यही समाजमा लिलामी हुनेछ । (अप्रकाशित उपन्यास ‘नम्रता’को एक अंश)
Writer - सविन प्रियासन ... dainiknepal.com
कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
Post a Comment