BREAKING NEWS

Health

Report

Amazing

यसरी जोगाउनुहोस् गर्मीमा आफ्नो ल्यापटप



गर्मीको मौसम आउँदै छ र गर्मीसँगै तपाईंले प्रयोग गर्ने ल्यापटप पनि तातिने समस्या पनि आउने छ । कहिलेकाहीँ बढी तातेको कारणले ल्यापटप र मोबाइल पड्कने खतरा पनि हुने गर्छ । त्यही भएर गर्मीमा यस्ता विद्युतिय सामाग्रीहरु प्रयोग गर्दा निकै ध्यान दिनुपर्छ । गर्मीमा यस्ता ग्याजेटको भित्री सामग्री पनि बिग्रने उत्तिकै खतरा हुने गर्छ । यहाँ गर्मीमा कसरी आफ्नो ल्यापटपलाई जोगाउन सकिन्छ भनेर उपायहरु दिइएको छ ।
१। ल्यापटप कुलिङ्ग प्याड
ल्यापटपलाई गर्मीमा बचाउनका लागि भित्री फ्यानको साथै युएसबी कुलिङ्ग प्याड पनि पाइन्छ । यस कुलिङ्ग प्याडलाई युएसबीमा जोडेर चलाउन सकिन्छ । यसलाई ल्यापटपमा काम गर्दा ल्यापटपको तल राखिन्छ । यसमा भएको अतिरिक्त फ्यानले ल्यापटपलाई हत्तपत्त तातिन दिँदैन । यद्यपि यसले ल्यापटपको ब्याट्रि भने धेरै खान्छ ।
२। ल्यापटपलाई घाममा नराख्नुहोस्
कयौं पटक प्रयोगकर्ताहरु ल्यापटपलाई घाममा राखेर काम गर्दछन् र खाली समय ल्यापटपलाई त्यहीँ घाममा छाडेर जान्छन् । कोठाभित्र बस्दा पनि झ्यालको छेउमा राखेको ल्यापटपमा सिधै घामको प्रकाश पर्न जान्छ । यसरी लामो समयसम्म ल्यापटपलाई घाममा राख्दा यसको मदरबोर्ड र चार्जिङ्ग स्लटमा समस्या आउन सक्छ । त्यही भएर ल्यापटप छाडेर जाँदा सिधै घामको प्रकाश नपर्ने ठाउँमा त्यसलाई छाड्न उपयुक्त हुन्छ ।
३। ल्यापटपलाई काखमा नराखने
ल्यापटपलाई आफ्नो काखमा राखेर काम गर्नका लागि नै बनाइएको भए पनि गर्मीमा यसलाई काखमा राखेर काम गर्दा यो धेरै तातिने गर्छ । प्रयोगकर्ताको कपडा र पसिनाले गर्दा ल्यापटपमा ह्युमिडिटी बढ्छ र यसले ल्यापटपको ब्याट्रि लेभलमा असर गर्न सक्छ । त्यही भएर लामो समयसम्म काम गर्ने हो भने ल्यापटपलाई काख वा म्याटमा भन्दा टेबलमा राख्नु राम्रो हुन्छ । बेलाबेला काम गर्ने स्थान फेर्न सके झन् राम्रो हुन्छ ।(एजेन्सी)

कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you

1 comment :

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न ठीक

    ReplyDelete

Banana Farming in Nepal

 
Copyright © 2013 Latest News From Birgunj City, Nepal. (Explore Your Hidden Activetis)
Shared by Themes24x7Powered byBlogger