BREAKING NEWS

Health

Report

Amazing

नाकाबन्दीपछि पहिलोपटक पाँचवटा मालवाहक गाडी रक्सौलबाट भित्रियो, मोर्चाको धर्ना खुकुलो, ड्राईपोर्टको अवरुद्ध समेत हटयो ।



वीरगंज भन्सार कार्यालयमा भित्रिएका ट्रकहरु ।  तस्बिर : जियालाल साह

माघ १५ पर्सा
जियालाल साह
भारतले गरेको नाकाबन्दीको आज १ सय २९ औँ दिनमा पहिलो पटक भारतिय कष्टमबाट ५ वटा मालबाहक ट्रक वीरगंज भन्सार कार्यालय पठाएको छ । भने वीरगंजबाट पनि भारतिय तथा नेपली नम्बरको ४ वटा ट्रक रक्सौल गएको छ । यसैगरी बारा, पर्साका काफिला बाबा, कावारिया संघले ड्राइपोर्ट सडकमै दिईरहेको धर्ना प्रहरीले समझाई बुझाई गरेपछि हटेको छ ।
आन्दोलनरत मधेशी मोर्चाले नेपाल भारत सिमानाको मितेरी पुलमा सितलहरले गर्दा विहान २÷३ जनाले मात्रै धर्ना दिईरहेका बेला पुलकै बाटो भएर पहिलो पटक ५ वटा मालबाहक ट्रक वीरगंज भित्रिएको हो । सिमांकन हेरफेर गर्नुपर्ने माग राख्दै विरोध सभा, आम हडताल, चक्का जाम, राजमार्ग बन्द हुदै आसोज ७ गतेदेखि नेपाल भारत सिमानाकाको प्रमुख नाकामा मधेशी मोर्चाले धर्ना दिदै आएको थियो । धर्नाको आडमा भारतले वीरगंज भएर कुनैपनि माल समान बोकेका ट्रक तथा कन्टेनरहरु भित्रिन  दिएका थिएनन् तर संविधान संशोधन गरेयता भारतिय कष्टमले मालबस्तुको कागजात बनाउनमा सहज दिन थालेकाले समानहरु भित्रन लागेको वीरगंज भन्सार कार्यालयका प्रवक्ता सुशिल कुमार शर्माले बताए । भारतिय कष्टम पठाउने वितिकै मोर्चाका कार्यक्रर्ताले बाटो अवरुद्ध गरिसकेका छन् कष्टम कागजातका कामहरु त गरिरहेका छन् तथापि अहिले नै नाका सहज हुने आकलन गर्न गाह्रो हुने प्रवक्ता शर्माले बताए ।
उक्ता ड्राइपोर्ट सुख्खा बन्दरगाह अगाडी मुख्य सडकमा बाबा धाम जाने कावरिया बाबाहरुले हिजोबाट अवरुद्ध गरेको बाटो आज दिउसोबाट जिल्ला प्रहरी कार्यालयले सम्झाई बुझाई गरेपछि अवरुद्ध खुलेको छ । ब्यापक प्रहरी, दमकल सहित पुगेको प्रहरी टोलिको समझाई बुझाईपछि कावरिया बाबाहरुले बाटो छोडेका थिए ।



कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.

Post a Comment

Banana Farming in Nepal

 
Copyright © 2013 Latest News From Birgunj City, Nepal. (Explore Your Hidden Activetis)
Shared by Themes24x7Powered byBlogger