BREAKING NEWS

Health

Report

Amazing

नेपालद्वारा न्यूजिल्यान्ड ३२ रनले पराजित


माघ १४, २०७२
बंगलादेशमा भइरहेको आईसीसी यू–१९ विश्वकपको समूह डीमा रहेको नेपालले  न्यूजिल्यान्डलाई ३२ रनले पराजित गरेको छ । टस हारी पहिलो ब्यटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २३८ रन बनाएको थियो । 
२३९ रनको लक्ष्य लिएर मैदान प्रवेश गरेको न्यूजिल्यान्डले ५० ओभरमा सबै विकेट गुमाएर मात्र २०६ रन बनाउन सक्यो । नेपाली बलर दिपेन्द्र ऐरील ३ र प्रेम तामाङले २ विकेट लिए भने सुनिल धमला र सन्दिप लामिछानेको खातामा पनि १–१ विकेट परेको छ ।
न्यूजिल्यान्डका ब्याट्स्म्यान ग्लेन फिलिप्सले सर्वाधिक ५२ रन बनाएर आउट भए भने जोश फिनीले ३७ रन बनाएका थिए । उच्च स्कोर बनाउने दुवैको विकेट तामाङले झारेका हुन् ।
पहिलो ब्याटिङ गरेको नेपालका तर्फबाट कप्तान राजु रिजालले सर्वाधिक ४८ रनको योगदान दिए । यस्तै ओपनर सन्दीप सुनार ६७ बलमा ३९ रन बनाए भने अर्का ब्याट्स्म्यान आरिफ शेखले पनि ३९ रन बनाउन सफल भए । नेपालका लागि कुशल भुर्तेलले पनि महत्वपूर्ण ३५ रनको योगदान गरे ।
न्युजिल्यान्डका नाथन स्मिथले नेपालको ३ विकेट लिए । By http://bit.ly/1OR5TZn

कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.

Post a Comment

Banana Farming in Nepal

 
Copyright © 2013 Latest News From Birgunj City, Nepal. (Explore Your Hidden Activetis)
Shared by Themes24x7Powered byBlogger