BREAKING NEWS

Health

Report

Amazing

कता भागे मधेसी र जनजाती नेता बिपतको घडीमा


madhesi-neta

काठमाडौं, बैशाख २० । बिनाशकारी भूकम्प आएको आज नवौं दिन भइसकेको छ । भुकम्पवमा सात हजार ज्यान गुमाएको पुष्टि भइसकेको छ, १५ हजार भन्दा धेरै घाइते छन् । हजारौं सर्वसाधरण अझै खुला आकाशमुनी बस्न बाध्य छन् । दुर्गम गाउँमा राहत समेत पुग्न सकेको छैन । कतिपय ठाउँमा शव उठाउने व्यक्ति छैन । सिंगो देश यतीबेला शोकमा डुबेको छ । शोकको बेला राज्यको व्यवहारले भूकम्प पिडित जनतालाई थ िपिडित दिएको छ । किनकी राहत र उद्धार प्रभावीकारी हुन सकेको छ । यस्तो बेलामा पनि केही नेताहरु भने गुमनाम छ । जनताहरुको पिडामा उनीहरुले एक शब्द पनि बोलेका छन् । ठुला पार्टीका नेताहरुले राहत र उद्धारका लागि थोरै मात्र पहल गरेपति मधेसी र जनजाती पार्टीका नेताहरु बेपत्ता छन् । उद्धार र राहतका लागि खटिने त कुरै छाडौं, जनताको दुस्खमा एक शब्द समेत उनीहरुले खर्चिएका छैनन् । मधेसी जनअधिकारी फोरमका अध्यक्ष उपेन्द्र यादब, लोकतान्त्रिक फोरमका बिजय कुमार गच्छेदार, गणतान्त्रिक फोरमका राजकिशोर यादब, सद्भावन पार्टीका राजेन्द्र महतो, संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राई लगायतले भूकम्प भूकम्पको दुस्खले छोएको छैन । तराईका जिल्लाहरुमा भूकम्पले कम प्रभाव पारेकाले पनि मधेसी नेताहरुलाई कुनै मतलब नभएको हो । गत महिनासम्म उनीहरुले विपक्षीका रुपमा सरकारविरुद्ध बन्द समेत गरेका थिए । तर अहिले भूकम्पको बेला उद्धार र राहतका लागि भने सरकारले दबाब दिन समेत उनीहरुले आबश्यकता ठानेका छैनन् । बरु नेकपा माओवादी अध्यक्ष नेत्र बिक्रम चन्द बिप्लव आफैं सफाई र रक्तदान कार्यक्रमहरुमा खटिएका छन् । मोहन बैद्य नेतृत्वको नेकपा–माओवादीले पनि राहतको लागि पहल गर्दै आएको छ । नेपाली कांग्रेस, नेकपा९एमाले० र एकीकृत माओवादी लगायत पार्टीले विभिन्न टिमहरु नै बनाएर राहत र उद्धारमा खटिएका छन् । कांग्रेसले एक करोड, एमालेले ५० लाख त एमाओवादीले ३० लाख रुपैयाँ भूकम्प पिडित जनतालाई दिने निर्णय समेत गरिरहेको छ । तर यतीबेला मधेसी र जनजाती नेताहरु कहाँ छन् भने जनताले खोज्न थालेका छन् । 




कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.

1 comment :

  1. यो समाचार पढ्दा दलाली र पित पत्रकारिताको झझल्को पाए । अतः मधेश केन्द्रित नेता मात्र होईन नेपाली काग्रेस र नेकपा एमालेका नेताहरुको बारेमा पनि लेखेको भए अलि सुहाउने खालको हुने थियो ।
    सधै कुकुर जस्तो भुकी रहने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मिडियाको लाइमलाईट खोजी रहने सविंधान भडुवा ओली खोई त यस्तो त्रासदीको समयमा ?
    उदाहरण अझै धेरै छन् लेख्यो भने फेसबुकले कमेन्ट बक्समा ठुलो कमेन्ट भयो भनेर लेख्छ । अतः होस पुर्याई दलाली पत्रकारिता नगर्नुस् मित्रहरु ।

    ReplyDelete

Banana Farming in Nepal

 
Copyright © 2013 Latest News From Birgunj City, Nepal. (Explore Your Hidden Activetis)
Shared by Themes24x7Powered byBlogger