BREAKING NEWS

Health

Report

Amazing

भारतीय सेनाका पूर्वअधिकृत भन्छन्, ‘भारतीय मिडियाले नेपाललाई भारतको प्रान्तको रुपमा प्रस्तुत गरिरहेको छ’

काठमाडौं, वैशाख २० – भारतीय मिडियाले नेपालको विनाशकारी भूकम्पबारे गलत प्रचार गरिरहेको र अनावश्यक हस्तक्षेप गरिरहेको कुरा उठिरहेको छ । यही बेला भारतीय सेनाका पूर्वअधिकृतले समेत भारतीय मिडिया नेपालमा असफल भएको टिप्पणी गरेका छन् ।
इन्डियन डिफेन्स रिभ्युका एसोसिएट इडिटर तथा पूर्व कमान्डिङ अफिसर दानवीर सिंहले भारतीय मिडियाले भारतीय सेनाले नेपालमा गरिरहेको उद्धार र राहत अपरेसनलाई भारतको कुनै प्रान्तमा गरिरहेकोजस्तो गरी प्रचार गरिरहेको टिप्पणी गरेका हुन् ।
‘नेपालको विनाशकारी भूकम्पमा भारतीय टेलिभिजनका पत्रकार त्यहाँको हरेक दिनको त्रासदिलाई क्यामरामा कैद गरिरहेका छन् । भारतीय सेनाले आफ्नो छिमेकी राष्ट्रमा गरिरहेको सहयोग हरेक पल देखाइरहेका छन् । यसले उनीहरुको टेलिभिजन रेटिङ बढेको छ । तर, यसरी समाचार संकलन गरिरहँदा उनीहरुले आफूहरु भारतमा नभएर अर्कै देशमा रहेको भन्ने कुरा भुलिरहेका छन्,’ उनले लेखेका छन् ।
c1_548343_150501120912_620x413
उनले भारतीय सेनाले नेपालमा सञ्चालन गरिरहेको अपरेसनलाई भारतकै कुनै प्रान्तमा गरिरहेको जसरी प्रस्तुत गरेकोमा आपत्ति समेत प्रकट गरेका छन् । ‘यसलाई नियन्त्रण गर्न भारतीय सरकारले तुरुन्त कुनै कदम चाल्न आवश्यक छ,’ उनले लेखेका छन् ।
त्यस्तै, उनले भारतीय सेनाले त्यहाँ अनावश्यक हस्तक्षेप गरेर आफैँ नेतृत्व लिनुभन्दा पनि नेपाली सेनाको सहयोगीको रुपमा काम गर्नुपर्ने सुझाव समेत दिएका छन् । नेपालको स्वाधिनता र संवदेनशीलतालाई ख्यालमा राखेर भारतीय मिडिया र सेनाले काम गर्नुपर्ने उनको धराणा रहेको छ ।
 


कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.

Post a Comment

Banana Farming in Nepal

 
Copyright © 2013 Latest News From Birgunj City, Nepal. (Explore Your Hidden Activetis)
Shared by Themes24x7Powered byBlogger