BREAKING NEWS

Health

Report

Amazing

भूकम्प पीडितको त्रिपाल सभासदलाई बाँडियो


Kamal-Thapa,-Tweet

३० वैशाख, काठमाडौं । भूकम्प पीडितलाई अनुदानमा आएको त्रिपाल सरकारले सभासदहरुलाई बाँडेको छ । बुधबार संसद सचिवालयमा एक-एक वटा त्रिपाल लिने सभासदहरुको लाइन लागेको थियो ।
पीडितलाई बाँड्न आएको त्रिपाल सभासदलाई व्यक्तिगत प्रयोजनका लागि बाँडिएको भन्दै केही सभासदहरुले आपत्ति जनाएका छन् । त्रिपाल लिइसकेका केही सभासदहरुले फिर्तासमेत गरेका छन् ।
कमल थापाले भने-सभासदको बदनाम भयो
यसैबीच राप्रपा नेपालका अध्यक्ष कमल थापाले संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई भेटेर सभासदलाई त्रिपाल बाँडिएकोमा आपत्ति जनाएका छन् ।
थापाले अनलाइनखबरसँग भने, मैले सभाध्यक्षलाई यो राम्रो भएन भनेको छु, यस्तो कार्य गरेर सभासदलाई बदनाम गर्न पाइँदैन । अध्यक्ष थापाले आफ्ना सभासदलाई त्रिपाल नलिन र लिइसकेको भए तुरुन्त फिर्ता गर्न निर्देशन दिएका छन् । ‘पीडितहरुको नाममा आएको त्रिपाल सरकारले सभासदलाई वितरण गरेको छ । राप्रपा नेपालले लिन अस्वीकार गरेको छ,’ थापाले ट्वीट गरेका छन् ।


कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.

Post a Comment

Banana Farming in Nepal

 
Copyright © 2013 Latest News From Birgunj City, Nepal. (Explore Your Hidden Activetis)
Shared by Themes24x7Powered byBlogger