BREAKING NEWS

Health

Report

Amazing

सभासद् इन्द्र बानियाँले ब्यूरो प्रमुख पत्रकार राजु श्रेष्ठलाई अपशब्द बोल्दै दिए मार्ने धम्की (अडियो सहित सुन्नुहोस्)


काठमाडौं, वैशाख । एभिन्यूज टेलिभिजनबाट गत शनिवार प्रसारण भएको खबरलाई लिएर मकवानपुर क्षेत्र नम्बर १ का सभासद् इन्द्र बानियाँले पत्रकारलाई समाजमा लज्जास्पद मानिने शव्द प्रयोग गर्दै ज्यान मार्ने धम्की दिएका छन् ।

नेपाली कांग्रेसबाट प्रत्यक्ष निर्वाचित बानियाँले एभिन्यूज टेलिभिजनका माध्यमाञ्चल क्षेत्रिय ब्यूरो प्रमुख पत्रकार राजु श्रेष्ठलाई जनताको भनाई जस्ताको तस्तै प्रशारण गरेको बिषयलाई लिएर अपशब्द प्रयोग गर्दै ज्यान मार्ने दिएका हुन ।

गत बैशाख १२ गते गएको विनाशकारी महाभुकम्पमा परी हजारौं सर्वसाधारणले ज्यान गुमाउनु परेको छ भने लाखौं जनता घरवार विहिन बन्न पुगेका छन् । नेपाल सरकार र विभिन्न राजनीतिक दल र तीनका नेताहरु भने अझैपनि आफना जनताको पीडासम्म पुग्न सकेका छैनन् भन्ने रिपोर्टिङ्ग श्रेष्ठले गरेका थिए ।
भुकम्पबाट पीडित बनेका मकवानपुर क्षेत्र नम्बर १ कि एक महिलाले अहिले विपदको बेला सरकार र नेताले केही वास्ता नगरेको गुनासो एभिन्यूज टेलिभिजन मार्फत गरेकी थिईन । बानियाँले पत्रकार श्रेष्ठलाई फोन गरी एकदमै आपतिजनक शब्दको प्रयोग गर्दै ज्यानै मार्ने धम्की दिएका थिए । सुन्नुहोस् बानियाँले पत्रकार श्रेष्ठलाई दिएको ज्यानमार्ने धम्कीको अडियो । साभार एभरेष्ट दैनिकबाट ...
इन्द्र बानियाँ
अडियो सुन्नुहोस्








कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media

Post a Comment

Banana Farming in Nepal

 
Copyright © 2013 Latest News From Birgunj City, Nepal. (Explore Your Hidden Activetis)
Shared by Themes24x7Powered byBlogger