BREAKING NEWS

Health

Report

Amazing

प्रथम विश्वयुद्ध भएको सय बर्ष पुरा



असार १४, प्रथम विश्वयुद्ध शुरु भएको आज एक शताब्दी पूरा भएको छ । आजभन्दा ठीक सय वर्ष अगाडि सन् १९१४ जून २८ का दिन सरायेभोमा अष्ट्रियाका राजउत्तराधिकारी आर्चड्यूक फ्रान्च फर्डिनैन्ड र उनकी पत्नी सोफीको सर्ब राष्ट्रवादी गैवरिलो प्रिन्सिपले हत्या गरेपछि युद्धको आगो सल्केको थियो ।
यसलगत्तै अघिल्ला छ हप्तामा युद्धको आगोले सारा विश्वलाई नै लपेटिदियो । जर्मनीको समर्थनमा अष्ट्रिया–हंगेरीले सर्बियालाई चेतावनी दिएलगत्तै एकपछि अर्को गर्दै शक्ति र सत्तामा अन्धो बनेका विश्वका एकसेएक हस्ती राष्ट्रहरु युद्धमा जोडिए जसले जन, धन र भौतिक विकासको ध्वंस गराइदियो । चार वर्षसम्म चलेको उक्त युद्धको क्षति यस्तो रह्यो कि त्यसलाई झुक्किएर पनि सम्झनलायक थिएन ।
दुई जनाको हत्याबाट शुरु भएको यो विनाशकारी युद्धलीलाको चार वर्षमा यूरोप, एशिया, अफ्रिका र अमेरिकाका एक करोड ८० लाख मानिसलाई मृत्युको मुखमा पु-याइयो ।


कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you

Post a Comment

Banana Farming in Nepal

 
Copyright © 2013 Latest News From Birgunj City, Nepal. (Explore Your Hidden Activetis)
Shared by Themes24x7Powered byBlogger