BREAKING NEWS

Health

Report

Amazing

वीरगंजमा पनि ११ औ राष्ट्रिय धान दिवस मनाईयो ।


क्षेत्रिय कृर्षि अनुसन्धान कार्यालय वीरगंजको प्राङगनमा धान रोपेर राष्ट्रिय धान दिवस मनाउदै कर्मचारी तथा किसानहरु ।

धान खेतीमा आधुनिकीकरण, खाधान्न आयातमा न्यूनीकरण भन्ने नाराका साथ आज वीरगंजमा पनि  ११ औ राष्ट्रिय धान दिवस धान रोपेर मनाईएको छ ।
जिल्ला कृषि विकास कार्यलय पर्साको आयोजनामा आज पर्साको अलौँ गाविसस्थित खेतमा पर्साका प्रमुख जिल्ला अधिकारी कैलाश कुमार बजीमयले धान रोपेर मुरी फलाउने दिनको रपमा यस दिवसलाई लिनु पर्ने बताउदै धान रोपेर दिवस मनाएको हो । प्रजिअ बजिमयले आज संसारको विभिन्न देशमा विभिन्न बैज्ञानिक आयामसंगै नेपालमा कतिको उत्पादनमा बृद्धि भएको छ त्यसअनुरुप कृषि कार्यलयले किसानहरुलाई बृद्धिदर, बैज्ञानिक कृषि लागायतको बारेमा जनकारी गाराउनु र कृषिमा नयाँ आयामको परिवर्तन ल्याउने जरुरी रहेको बताउनु भएको थियो । कार्यक्रममा जिल्ला कृषि विकास कार्यलय पर्साका प्रमुख दिनेश राय, स्थानिय विकास अधिकारी दिलिप चापागाई लगायतको उपस्थिति रहेको थियो । यसैगरी क्षेत्रिय कृर्षि अनुसन्धान कार्यालय वीरगंजले समेत आफ्नो प्राङगनमै धान रोपेर राष्ट्रिय धान दिवस मनाएको थियो । 





कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you

Post a Comment

Banana Farming in Nepal

 
Copyright © 2013 Latest News From Birgunj City, Nepal. (Explore Your Hidden Activetis)
Shared by Themes24x7Powered byBlogger