BREAKING NEWS

Health

Report

Amazing

नेपालले ट्वान्टी-२० राष्ट्रको मान्यता पायो

कप्तान पारस भन्छन् - अब भारत, पाकिस्तान जस्ता देशसँग खेल्न सक्छौं 



१४ असार, काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी०ले नेपाललाई ट्वान्टी(२० राष्ट्रको मान्यता दिएको छ । मेलबर्नमा बसेको आइसीसीको बोर्ड बैठकले नेपालसँगै नेदरल्याण्डलाई ट्वान्टी(२० राष्ट्रको मान्यता दिएको हो ।
नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले यसलाई सबैभन्दा ठूलो उपलब्धी भनेका छन् । ‘धेरै वर्षको मेहनतको फल पाएका छौं’ अनलाइखबरसँग कुरा गर्दै उनले (’यदि उनीहरुले माने भने अब हामी भारत, पाकिस्तान, अष्ट्रेलिया जस्ता देशसँग खेल्न सक्छौं ।’
अब यसलाई सदुपयोग गरेर अघि बढ्नु पर्ने भन्दै उनले तत्काल प्रशिक्षक पुवुद्धु दशानायकेसँगको सम्झौता नविकरण गरेर बोलाउन आग्रह गरे । ‘अब सबै समस्याहरुलाई समाधान गरेर अघि बढ्नुपर्छ’ उनले भनेका छन्(’तत्काल प्रशिक्षकलाई बोलाउनु पर्‍यो ।’
प्रशिक्षक पुवुद्धु विदामा घर गएका छन् । तर, नेपाल क्रिकेट संघ क्यानले सम्झौता नविकरण नगरेकाले उनी आउनेमा आशंका छ । अहिले क्यानका पदाधिकारीहरुविरुद्ध भ्रष्टाचारको मुद्दा विशेष अदालतमा चलिरहेको छ भने खेलकुद मन्त्रालयले क्यान विघटन गरेर बोर्ड बनाउने तयारी गरेको छ ।
अहिलेसम्म क(कसले पाए रु
नेपाल र नेदरल्याण्डले बंगलादेशमा भएको ट्वान्टी(२० विश्वकप खेलेको थियो । विश्वकपको समूह चरणमा नेपालले हङकङ र अफगानिस्तानलाई पराजित गरेको थियो भने टेष्ट मान्यता प्राप्त देश बंगलादेशसँग हार व्यहोरेपनि राम्रो चुनौती दिएको थियो ।
आईसीसीको निर्णयसँगै ८ एशोसिएट देशमा ट्वान्टी(२० राष्ट्रको मान्यता पाएको छ । अफगानिस्तान, हङकङ। आयरल्याण्ड, स्कटल्याण्ड, पपुवा न्यूगिनी र यूएईले यसअघि नै ट्वान्टी(२० राष्ट्रको मान्यता पाइसकेका थिए । - onlinekhabar


कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you

Post a Comment

Banana Farming in Nepal

 
Copyright © 2013 Latest News From Birgunj City, Nepal. (Explore Your Hidden Activetis)
Shared by Themes24x7Powered byBlogger