BREAKING NEWS

Health

Report

Amazing

भविष्य निर्माण सम्बन्धि एक दिने तालिम समपन्न ।

तालिममा सहभागि विद्यार्थीहरु ।

जेष्ठ २ पर्सा 

एस.एल.सि.परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरि भविष्य निर्माण सम्बन्धि एक दिने तालिम समपन्न भएको छ । 
ईङगलिश डट कमको मुख्य आयोजनामा वीरगंज पब्लीक कलेजको सभाकक्षमा समपन्न  भएको तालिममा विद्यार्थीहरुले एस.एल.सि. नतिजा पछि उच्च शिक्षाका लागि कुन विषय रोज्ने त्यसकालागि कहाँ गएर बुझने लगायतको विषयमा वीरगंज पब्लीक कलेजका डा.दिपक शाक्यले विद्यार्थीहरुलाई तालिम दिनु भएको थिए । तालिममा शाक्यले परिवारको रोजाई भन्दा आफ्नो इच्छीक विषयमा विशिष्ट श्रेणि प्राप्त गरि प्रतिशपर्धा गर्न सक्ने खालको विषय रोज्ने र आफ्नो क्षमता देखाउन सकिने लगायतको विषयमा जनकारी गराउनु भएको थियो । 
त्यसैगरी कार्यक्रममा ईङगलिश डट कमका शिक्षक ओम प्रकाश श्रेष्ठ र दिगम्बर थापाले विद्यार्थीहरुलाई व्यक्तित्व विकासको बारेमा तालिम दिनु भएको थियो । विद्यार्थीेहरुले यसप्रकारका तालिमले भविष्य निर्माणका लागि सहज रुपमा विषय रोज्न सकिने हुदाँ यस्ता तालिमको आवश्यक देखेर तालिम दिएको शिक्षक ओम प्रकाश श्रेष्ठले जनकारी गराउनु भएको हो । कार्यक्रममा ग्रामिण भेग र सदरमुकामका विद्यार्थीहरुगरि १ सय ३० जना विद्यार्थीहरुले तालिम लिएको डट कम का संचालक दिगमबर थापाले जनकारी गराउनु भएको छ । भने यस्ता प्रकारका कार्यक्रमहरु अगामि दिनमा पनि विद्यार्थीहरुको चाहना बमोजिम दिदै जाने थापाले जनकारी गाराउनु भएको थियो । 



कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you

Post a Comment

Banana Farming in Nepal

 
Copyright © 2013 Latest News From Birgunj City, Nepal. (Explore Your Hidden Activetis)
Shared by Themes24x7Powered byBlogger