BREAKING NEWS

Health

Report

Amazing

भारतको लोकसभा चुनाव मोदी , केजरीवाल र कांग्रेसका अजय राय बीच त्रिकोणात्मक प्रतिस्पर्धा ।



पर्सा २९ बैशाख 

                     पर्सा र बारासंग सीमा जोडिएको भारतको बिहार सहित तीन राज्यमा आज लोकसभाको चुनाव भइरहेको छ । 
          नवौं तथा अन्तिम चरणमा आज बिहारका ६, उत्तर प्रदेशका १८ र पश्चिम बंगालका १७ सिट गरि कुल ४१ सिटका मतदान भइरहेको हो । आज भइरहेको मतदानमा भारतीय जनता पार्टीका तर्फबाट प्रधानमन्त्री पदका उम्मेदवार नरेन्द्र मोदी, आम आदमी पार्टीका अरविन्द केजरीवाल, समाजवादी पार्टीका मुलायम सिंह यादव लगायत वरिष्ठ नेताहरु चुनावी मैदानमा छन् । मोदी , केजरीवाल र कांग्रेसका अजय राय बीच त्रिकोणात्मक प्रतिस्पर्धा रहेको बनारसको चुनावलाई महत्वपूर्ण रुपमा हेरिएको छ । अप्रिल ७ तारिखबाट शुरु भएको लोकसभा चुनाव अन्तर्गत यसअघिका आठ चरणमा ५ सय २ सिटका लागि मतदान भइसकेको छ । मतगणना मे १६ तारिख देखि सुरु हुनेछ । 
        यसैबिच भारतमा आज भइरहेको लोकसभा चुनावलाई मध्यनजर गर्दै नेपालको पर्सा र बारासंग सीमा जोडिएका बिहारका सीमानाकाहरु आज तेश्रो दिन पनि बन्द रहेका छन् ।पर्सा र बारा जिल्लासंग सीमा जोडिएका बिहारको पुर्वी र पश्चिमी चम्पारण जिल्लाका रक्सौल, भेलाही, सिक्टा, इनर्वा, भंगहा, भिखनाठोरी, आदापुर, छौडादानो, घोडासहन लगायतका भारतीय सीमा नाकाहरु अस्ति शनिबार अपरान्ह ४ बजे देखि आज राति सम्मका लागि बन्द गरिएको हो । सीमा नाका बन्दको अवधीभर मालबाहक तथा यात्रुबाहक सावरी साधनहरुलाइ आवत जावतमा रोक लगाइएको भएपनि पैदल यात्रुलाइ भने चेकजाँच गरेर आवत जावत गर्न दिइएको छ ।




कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you

Post a Comment

Banana Farming in Nepal

 
Copyright © 2013 Latest News From Birgunj City, Nepal. (Explore Your Hidden Activetis)
Shared by Themes24x7Powered byBlogger