BREAKING NEWS

Health

Report

Amazing

एसीसी प्रिमियर लिग – नेपालको तेस्रो जित, नेपालद्धारा हङकङ ७ विकेटले पराजित


२२ बैशाख, काठमाडौं । 
मलेसियामा जारी एसीसी प्रिमियर लिगमा नेपालले  हङकङलार्इ ७ विकेटको फराकिलो अन्तरले पराजित गरेको छ ।
सुरूमा १ सय ८२ रनको लक्ष्य पाएको नेपालले वर्षातले प्रभावित भएपछि डीएल मेथोडका आधारमा  ३८ ओभरमा छोट्याइएको खेलमा १ सय ४४ रनको लक्ष्य पाएको थियो । नेपालले पाएको नयाँ लक्ष्य ३ विकेटको क्षतिमा ३४ दशमलब १ ओभरमा भेट्टाएको हो।
नेपालका लागि जित दिलाउने क्रममा पारस खड्काले कप्तानी पारी खेले । उनले ५२ बलको सामना गर्दै ४३ रन जोडी नट आउट रहे । त्यसैगरी नरेश बुढाऐरले ८६ बलको सामना गर्दै ४१ रन बनाउन सफल भए ।
कप्तान पारस खड्कासँग साझेदारी गर्दै नट आउट रहेका शरद भेसवाकरले ३३ बल खेल्दै १९ रन बटुले । त्यसैगरी ज्ञानेन्द्र मल्लले १० बल खेल्दै १५ रन जोडे । साभार अनलाईन खबर







कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you

Post a Comment

Banana Farming in Nepal

 
Copyright © 2013 Latest News From Birgunj City, Nepal. (Explore Your Hidden Activetis)
Shared by Themes24x7Powered byBlogger