BREAKING NEWS

Health

Report

Amazing

बेर्डिङग छोडेर सामुदायिक विद्यालयमा पढ्न आउने लहर

अंग्रेजि माध्यममा पढदै माईस्थान विद्यापिठका कक्षा ९ का विद्यार्थीहरु ।

पर्सा, ४ जेष्ठ
जियालाल साह
माइस्थान विद्यापिठ माबिले यसै शैक्षिक सत्रबाट अंग्रेजी माध्यमबाट अध्ययन अध्यापन गर्न थालेपछि विद्यालयमा नया भर्ना हुने विद्यार्थीको लहर बढेको छ ।
वीरगंजस्थित १ नामी संस्थागत विद्यालयमा अध्ययनरत श्रृजना सिंह अहिले माइस्थान विद्यापिठ माबिमा कक्षा ९ मा भर्ना भएर पढ्दै छिन् । बेर्डिङग स्कुलकी राम्री छात्रा उनले धेरै विचार गरेपछि सामुदायिक विद्यालयमै पढने र यहीबाट एसएलसी परीक्षा दिने निधो गरेको बताइन् । उनले भनिन अरुले जस्तो बोर्डि¨ स्कुलमा पढने तर सरकारी विद्यालयमा भर्ना मात्र भएर सरकारीबाटै एसएलसी परीक्षा दिन चाहिन म सरकारी मै भर्ना हुन्छु र सरकारीबाटै एसएलसी परीक्षा पनि दिन्छु । सरकारले पनि छात्रवृत्ति लगायतका सुविधा दिदा सामुदायिक विद्यालयमा पढेका विद्यार्थीलाई प्राथमिकता दिन थालेपछि आफूले यो निर्णय लिएको उनले बताइन् ।  
त्यसैगरी रौतहट घर भई वीरगंजमा डेरा गरी स्थानीय एक संस्थागत विद्यालयमा पढदै गरेका निरज कुमार यादव पनि श्रृजनासंगै कक्षा ९ मा भर्ना भएका छन् । सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाई हुने थाहा पाएपछि आफूपनि अभिभावककै मन्जुरीले यो विद्यालयमा भर्ना भएको निरजले बताए । उनले भने संस्थागत विद्यालयमा शुल्क बढी लाग्ने र पढाई पनि स्तरिय नभएकाले यहि समुदायीक विद्यालयमा पढने र राम्रो अंक ल्याई पास हुने विचार रहेको बताए । 
श्रृजना र निरजकी सहपाठी समी चौरसिया पनि वीरगंजकै नाम चलेको अर्को संस्थागत विद्यालय छोडेर यहा पढन आएकी वताईन । उनले भनिन सुरुमा अभिभावकले मान्नु भएको थिएन तर मैले मनाए, यहा पढाई स्तरिय भएकाले अहिले वहाहरु पनि खुशि हुनु भएको बताईन  ।  
त्यसैगरी यस माईस्थान विद्यापिठ विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन भई रहेको जानकारी पाएर आफ्नो छोरा केशवलाई भर्ना गराउन आएका मनियारी गाबिसका अभिभावक सिकन्दर मण्डलले विद्यालयको शैक्षिक गतिविधि र गुणस्तरबाट आफू प्रभावित भएको बताए । उनले भने सुरुमा छोराले यो प्रस्ताव ल्यायो मैले नर्सरी देखि ८ कक्षा सम्म पढेको बोर्डि¨ स्कुलबाट झिकेर उसलाई सरकारी स्कुलमा पढाउन चाहेको थिइन तर अहिले छोराको पढाई पहिलेको भन्दा पनि सुधार आएको र उ पनि सन्तुष्ट भएकाले अहिले सही निर्णय लिए जस्तो लागेको उनले बताए ।  
विद्यालयका प्रधानाध्यापक बिनोद मेहता पनि विद्यार्थीको बढदो भर्ना दरले उत्साहित छन् । केही बर्ष यता संस्थागत विद्यालयमा पढ्ने तर सामुदायिक विद्यालयबाट एसएलसी परीक्षा दिने बढ्दो प्रवृत्ति रोक्न आफूले यो प्रयास गरेको उनले जानकारी दिए । हाल कक्षा ८ र ९ मा भर्ना लिइएको र यसका लागि संस्थागत विद्यालयहरुमा अध्यापन गराई रहेका ८ शिक्षकलाई दैनिक ज्यालादारीमा नियुक्त गरिएको उनले बताए । अझै विद्यालयलाई स्तरिय बनाउन विद्यार्थीहरुलाई पिटी, एसेम्बली लगायतको कार्यक्रम प्रत्येक दिन गर्दै आएको उनले बताए ।
उनले भने अंग्रेजि माध्यमलाई नै मुख्य लक्ष्य मानी हाल कक्षा ९ मा ५३ र ८ मा २९ विद्यार्थी भर्ना भई सकेका छन् । भर्ना हुन आउने क्रम जारी नै छ । नेपाली बाहेक सम्ंपूर्ण बिषयको पठनपाठन अंगे्रजी माध्यमबाटै भई रहेको उनले बताए । प्रधानाध्यापक मेहताले भने सरकारी स्कुलमा विद्यार्थी घट्दैछन्, निजि स्कुलमा थामी नसक्नुको भिड छ सामुदायिक विद्यालयका शिक्षक र प्रअहरु इमान्दार हुन नसकी रहेको अवस्थामा हामीले यो प्रयास गरेका हौं प्रारम्भीक सफलताले उत्साहित पनि छौं । बिस्तारै अन्य विद्यालयले पनि यसको सिको गरे सामुदायिक विद्यालयहरुको गुमेको रौनक फिर्ता हुने उनी दाबी गर्छन् ।



कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you

Post a Comment

Banana Farming in Nepal

 
Copyright © 2013 Latest News From Birgunj City, Nepal. (Explore Your Hidden Activetis)
Shared by Themes24x7Powered byBlogger