BREAKING NEWS

Health

Report

Amazing

चिकित्सकको गलत उपचारले छोराको मृत्यु l




जियालाल साह 
वीरगंज, २1 पर्सा
रौतहट पौराइ ३ का शंकर मण्डलले वीरगंजस्थित एडभान्स मेडिकेयर हस्पिटल एण्ड रिसर्च प्रालि र मेडिकल सुपरिटेण्डेन्ट डा मुकेश अग्रवाल बिरुद्ध जिल्ला प्रशासन कार्यालयमा कारवाही तथा क्षतिपूर्तीको माग सहित विहीबार उजुरी दिएका छन् । 
अस्पतालको लापर्वाही र डा अग्रवालले गलत उपचार गर्दा आफ्नो ७ बर्षिय छोरा सुदिपको चैत १५ गते मृत्यु भएको दाबी गर्दै उजुरि दिएका छन । छोरा सुदिपलाई फागुन २२ गते गालामा कुकुरले टोकेकोमा तत्काल स्थानीय क्लिनिकमा प्राथमिक उपचार गराई एडभान्स अस्पतालमा थप उपचारका लागि ल्याएकोमा डा अग्रवालले उपचार गरेको उनले अस्पतालको पुर्जि देखाउदै बताए । 
डा अग्रवालले बहुला कुकुरले टोकेको यकिन भई सकेको अवस्थामा अन्य चिकित्सकको सल्लाह लिएर ‘इम्युनोग्लोबिन’ दिनु पर्नेमा रेबिज बिरुद्धको खोप मात्र दिएर गम्भीर त्रुटी गरेको दाबी पिडित मण्डलको छ । गलत खोप दिई सकेपछि डा अग्रवालले घर लग्न सुझाव दिएपछि आफूहरुले छोरा सुदिपलाई घर ल्याएपछि उनलाई ज्वरो आउने, रुने, काम्ने, टाउको दुख्ने, वान्ता आउने जस्ता अन्य लक्षण देखिएपछि चैत ७ गते पुनः यो अस्पतालमा ल्याएको उनले बताए । 
डा अग्रवालले छोरालाई हेरेपछि यो केश आफूले नभई बाल रोग बिशेषज्ञ डा एसके अग्रवाललाई देखाउन सुझाएको र उनले पनि टेकु अस्पताल काठमाडौं रिफर गरेको मण्डलले बताए । राजधानीको टेकु अस्पतालका चिकित्सकले छोराको परीक्षण पछि वीरगंजमै गलत ढंगले रेविज खोप लगाई सकेकाले अब उपचार हुन नसक्ने बताएपछि छोरालाई राजधानीकै शिक्षण अस्पतालमा भर्ना गरि उपचार गराएको उनले बताए ।
शिक्षण अस्पतालको आइसियु कक्षमा १ साता भर्ना गरेपछि चैत १२ गते छोराको मृत्यु भएको मण्डलले बताए । यसरी बच्चालाई बौलाहा कुकुरले टोकेको अवस्था हेर्दा हेर्दै पनि ‘इम्युनोग्लोबिन’ को साटो रेविज खोप दिई मुलुकी ऐन इलाज गर्नेको महलको दफा ८ नं बिपरितको काम गरेकाले डा अग्रवाललाई हदै सम्मको सजाय र क्षतिपूर्तीको माग राख्दै प्रमुख जिल्ला अधिकारी कैलाश बजिमयलाई समस्या राख्दै उजुरि दिएका छन् । 
यता डा अग्रवालले सुदिपलाई आफ्नो अस्पतालमा ल्याउदा ३ दिन ढिलो गरी ल्याएको दाबी गरे । सुदिपलाई यहा ल्याउदै रेबिजको १ डोज औषधि दिई सकेको तर आफूले कुनै पनि औषधि उनलाई नदिएको दाबी पनि उनले गरे । ‘मैले वहाहरुकै आग्रहमा गालाको घाउ देखेर घाउको उपचार मात्र गरेको हो,’ उनले भने,‘म बालकको डाक्टर होइन, धनुष्टंकारको सुई दिन सुझाएको र गाउमै चलाएको रेबिजको औषधि निरन्तर राख्न सुझाएको मात्र हु ।’ दोश्रो पटक अस्पतालमा ल्याउदा आफूले डा संजय अग्रवाललाई परीक्षण गर्न सुझाएको र उनले पनि बिरामीको अवस्था हेरी तत्कालै रिफर गरेको डा अग्रवालले दाबी गरे ।
यता प्रमुख जिल्ला अधिकारी कैलाशकुमार बजिमयले आफूले उजुरी दर्ता गरी छानबिन प्रकृया थालेको बताए । ‘वहाको पिडामा मेरो सहानुभुती पनि छ, तर म आफै विशेषज्ञ होइन,’ प्रजिअ बजिमयले भने,‘आवश्यक परेमा बिशेषज्ञनै बोलाएर भएपनि छानबिन गर्नेछु“ ।’




कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you

Post a Comment

Banana Farming in Nepal

 
Copyright © 2013 Latest News From Birgunj City, Nepal. (Explore Your Hidden Activetis)
Shared by Themes24x7Powered byBlogger