BREAKING NEWS

Health

Report

Amazing

नारायणी अस्पतालमा अर्को पर्दाफास, अखित्यारको निर्देशन विपरीत स्वास्थ्य मन्त्रालयको अस्पतालमा नियूक्ति l



वीरगंज, २१ पर्सा 
जियालाल साह
अखित्यार दुरुपयोग अनुसंन्धान कार्यलयको निर्देशन विपरीत स्वास्थ्य मन्त्रालयले पर्साको वीरगंजमा रहेको नारायणी उपक्षेत्रिय अस्पतालमा नियूक्ति गरेको तथ्य सार्वजनिक भएको छ । 
तत्कालिन मेडिकल सुपरिटेण्डेन्ट अखिलेश सिहले अस्पतालमा दरबन्दि भन्दा ४५ जनालाई नियूक्ति दिएको थियो । अखित्यार दुरुपयोग अनुसंन्धान कार्यलयमा उनि विरुद्ध उजुरि परेपश्चात अस्पताल विकास समिति तथा सिहले गरेको कर्मचारी नियूक्ति कार्यन्वयन नगर्न निर्देशन गरेको थियो । अख्तियारले टुङगो नलगाएको उजुरी माथि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको चं. नम्बर ११९१ को अनुसार सचिव स्तरिय बैठकले पुनः करार नियूक्ति गर्न निर्देशन दिए पश्चात अहिले नारायणि अस्पताल वीरगंजमा खल्लाबल्ला मचेको छ । नेपाल सरकारको कार्यलय सहयोगि दरबन्दिमा नियूक्ति गर्न अघि मन्त्रालयले नारायणि उप–क्षेत्रिय अस्पतालका नव मेडिकल सुपरिटेण्डेण्ट डा.रामाशंकर ठाकुरसंग राय माग्दा अस्पतालले सो पदमा पाँचवटा दरबन्दि रहेको तर मेसु ठाकुरले ९ जनाको नियूक्ति गरेको विवरण पठाएको थियो । अस्पतालले मन्त्रालयलाई पठाएको विवरणमा कर्मचारीको अवस्था आचरण समेत बुझि पठाएको थियो । जसमा मन्त्रालयले ९ जना मध्ये विनोद कुमार महतो, ज्ञानु महतो, कुमारी अर्चना, दिपेन्द्र सिह राजपुत र संतोष चौरसियालाई रिक्त रहेको नेपाल सरकारको करार दरबन्दिमा हाजिरि गराउन पत्र पठाएका छन् त्यस कारण स्थानियले विरोधमा उक्रेका छन् ।  
 ९ जना मध्ये लामो समय देखि अस्पतालको ल्याब फाटमा काम गर्दै आएका शिवसंकर महतोलाई मन्त्रालयले नियुक्ति गर्न निर्देशन नदिएको तर हाल सम्म अस्पतालमा काम गर्न हाजिर सम्म नभएकि कुमारी अर्चानालाई नियूक्ति गर्न मन्त्रालयको दिएको निर्देशन पछि स्थानियहरु कडा विरोद गरेका छन् । स्वास्थ्य तथा जनसंख्य मन्त्रालयले गरेको आफ्नो निर्णय नसचियाए आफुहरु कडा विरोध गर्ने स्थानियले निर्णय लिएका छन् ।





कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you

Post a Comment

Banana Farming in Nepal

 
Copyright © 2013 Latest News From Birgunj City, Nepal. (Explore Your Hidden Activetis)
Shared by Themes24x7Powered byBlogger