BREAKING NEWS

Health

Report

Amazing

महिलाले पुरुषबाट चाहने तीन महत्वपूर्ण कुराहरु




के तपाईं सोच्नुहुन्छ कि महिलालाई बुझ्न गाह्रो हुन्छ रु के तपाईं महिलाहरुलाई रहस्यमयी ठान्नुहुन्छ रु के तपाईं उनले के सोचिरहेकी छिन् वा के गर्न चाहन्छिन् भन्ने कुरा पत्ता लगाउन चाहनुहुन्छ रु चिन्ता नलिनुस्, यस्तो कुराहरु सोच्ने तपाईं मात्र एक्लो पुरुष होइन ।
कुनै पनि महिलाले आफ्नो मौनतामा नै धेरैथोक भनिरहेकी हुनसक्छिन्, जब कि पुरुषले घण्टौँ बोले पनि केही नबोलेसमान हुने गर्दछ । तपाईंले निकै ध्यानपूर्वक सुन्न जरुरी छ कि तपाईंकी साथीले के भन्दैछिन् । यो कुनै विज्ञान होइन तरपनि तपाईं उनीप्रति संवेदनशील हुन जरुरी छ । तल केहि कुराहरु दिइएका छन्, जुन कुनै पनि महिलाले आफ्नो पुरुषमा खोज्ने गर्छिन् । के थाहा, यसपछि तपाईं पनि आफ्नी प्रमिकालाई अझै राम्रोसँग बुझ्न सक्नुहुन्छ कि रु
१। विश्वसनीय र भरपर्दोः
कुनै पनि महिलाको लागि विश्वास निकै महत्वपूर्ण वस्तु हो । तपाईंले झुठ कुरा बोल्न निकै साहस देखाउनु पर्नेहुन्छ । यदि केही गरेर उनले तपाईंको झुठ समातेमा उनले तपाईंलाई सजिलैसँग माफी नदिन सक्छिन । तर यदि तपाईंले गल्ती गर्नुभयो र सो गल्तीमा पछुताउनुभयो भने तपाईंले माफी पाउने सम्भावना हुनसक्छ । उनलाई तपाईंले कुनै शंकाबिना पूर्णरुपमा विश्वास दिलाउन सक्नुपर्छ र यो उनको लागि निकै महत्वपूर्ण विषय हो । कुनै पनि महिलाले त्यस्तो साथीको साथ खोज्छिन् जसमा उनी भर पर्न सक्छिन् ।
२। कुरा सुन्ने बानी बसाल्नुहोस्ः
इदि तपाईं महिला साथीसँग लामो सम्बन्ध चाहनुहुन्छ भने तपाईंले उनको कुरा सुन्ने बानीको विकास गर्नुपर्छ । उनको कुरा सुने मात्र पनि पुग्छ, जहिल्यै समस्याको हल खोज्नु जरुरी छैन । उनी जहिल्यै उत्तरको खोजीमा हुँदैनन् । कहिलेकाँही उनीहरुलाई त्यस्तो व्यक्तिको आवश्यकता हुन्छ, जसले उनको कुराबिना कुनै सुझाव सुनोस् । यस्तो क्रियाकलापले उनीसँग तपाईंको सम्बन्ध थप मजबुत हुन्छ ।
३। परिपक्क हुनुहोस्ः
हामी सबैलाई थाहा छ पुरुषभन्दा महिलाहरु चाडैँ परिपक्क हुन्छन् । तर महिलाले सधैँ आफ्नो पुरुषलाई आमासमान सम्झाउने, बुझाउने र सम्हाल्न चाहँदैनन् । उनलाई पनि कसैले सम्हालोस् र सम्झाओस् भनेर चाहन्छिन् । महिलाले आफ्नो पुरुष बुझ्क्कड, शान्त, समझदार र विवेकशील होस् भनेर चाहन्छिन् । उनलाई देखाउनुहोस् कि तपाईं आफ्नो समस्या वा डरसँग जुध्न सक्नुहुन्छ र आफ्नो समस्यासँग भाग्नुहुन्छ । समस्यासँग कहिलेकाँही निराश हुनु स्वभाविक हुनसक्छ तर हरेश भने खानुहुँदैन । महिलाले आफ्नो पुरुषमाथि विश्वास गरेर भर गर्न मन पराउँछन् । - एजेन्सी








कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you

Post a Comment

Banana Farming in Nepal

 
Copyright © 2013 Latest News From Birgunj City, Nepal. (Explore Your Hidden Activetis)
Shared by Themes24x7Powered byBlogger