BREAKING NEWS

Health

Report

Amazing

राजश्व असुलिको चुनौति, यसरी हुँदैछ, राजश्व संकलन (फोटो फिचर)

माघ १३ पर्सा      
जियालाल साह
यसवर्ष ६४ औँ भन्सार दिवस देशभर विभिन्न कार्यक्रम गरि मनायो कार्यक्रमले आन्तराष्ट्रिय रुपमा अविलम्बन गरेको नियमहरु पालना, कार्यन्वयनमा जोड र राजश्व वृद्धिका लागि विभिन्न आयात, निर्यात कर्तालाई प्रोत्साहन दिने गर्दछन् । देशको प्रमुख विकासको आधार भनेको राजश्व हो तर यस आर्थिक वर्ष २०७२÷२०७३ मा भने देशकै सबैभन्दा बढी राजश्व संकलन गर्ने वीरगंज भन्सार कार्यालयको लागि जुन लक्ष्य निर्धारण गरिएको थियो त्यो भने, श्रावण मसान्त देखि पौष सम्म आईपुग्दा शुन्य दशमलवमा घटेको अवस्था छन् ।
भन्सार कार्यालयका लागि आयतित समान भन्सार यार्ड तर्फ ल्याउदै ।    
आर्थिक मसान्तको ६ महिना वितिसक्दा आफ्नो लक्ष्यको ३३ अर्ब ४३ करोड २७ लाख रुपैया, झण्डै ७० प्रतिशत घटी राजश्व संकलन गरेको वीरगंज भन्सार कार्यालयले जनाएको छ ।
यसबर्ष भुकम्पको मारले डुबेको देशलाई आर्थिक विकासको माध्यमले आयातकर्तालाई अझै बढी सहजता बढाई राजश्व संकलन गर्ने भार सरकारको थियो ताकि आउने आर्थिक वर्षमा भुकम्पबाट देशभरि क्षति भएको सम्पतीको पुनःनिर्माणका लागि बजेटको दायरा बढाउन सकोस । तर ६ महिना वितिसक्दा राजश्वको असुलि अग्रगति तिर नगई दुरगति तिर मधेशी मोर्चाको राजनितिक माग र नाकाबन्दीले गएको हो ।
आयतित समान भन्सार यार्डमा भित्राउदै भरिया ।
 अहिले पनि भारतको नाकाबन्दी र मोर्चाको नाका केन्द्रित आन्दोलन टुङगो लाग्न नसक्दा देशले अझैँ कति नोक्सानि व्यवहोर्ने हो त्यो भने अझै पनि अधुरो  तर अकलपनिय घाटा हो ।
वर्षभरिको हरेक महिना – महिनामा आकलन गर्न नसक्ने, खरायोको गतिमा राजश्व संकलन गर्ने वीरगंज भन्सार कार्यालय ५ महिना यता कछुवाको गतिमा समेत थला परेको छ तर भने अहिले आर्थिक वर्षको सातौँ महिनामा झिनो आस भने भरियाको भरमा पलाएको छ । दुई देशको सिमाना छुट्याउने दशगजामा बग्ने सिर्सिया नदी उपर बनाइएको नेपाल–भारत मितेरी पुलमा मधेशबादी मोर्चाको धर्ना छ । धर्नाबाटो भएर ठेला रिक्सा आउन जान सक्दैनन् प्रत्येक दिन – रातको जोखिम मोलि भरियाहरुले सिमापारी रक्सौलबाट व्यापारीहरुले भारत तथा तेस्रो मुलुकबाट आयतित गरेका मालबस्तु ट्रकबाट ओलार्छन् ठेलामा लोड गर्छन र मितेरी पुलमाथिबाट पुरानो पुलको कच्ची बाटोमा झर्छन र पुनः कोई भरिया ठेलामा लोड गर्छन् कोई रिक्सा, टाङ्गा, मोटरसाइकलमा लोडगर्छन त कोहि टाउकोमा बोगि वीरगंज भन्सार कार्यालयको यार्डमा ल्याउने गरेका छन् ।
भरियाको भरमा आयतित समानहरु भन्सार यार्डमा थुपारिएको ।
 यसरी ल्याईएका मालबस्तु भन्सारका पदाधिकारीले जाँचपास गर्छन् जाँचपास पछि व्यापारीले भन्सार यार्डमै ट्रक ल्याई देशको विभिन्न ठाउँको लागि पठाउने गर्दछन् । यसरी राजश्व संकलनको काम भईरहेको छ । मंगलबार कर्मचारीहरु भन्सार दिवसमा सरसफाई, वृक्षारोपन, सिलन्यास लगायतको कार्यक्रमगरि मनाईराख्दा भरियाहरु रक्सौलबाट समान ल्याउने, मितेरी पुलबाट झार्ने र पुनः भन्सार यार्डमा पुर्याउने मै व्यस्त देखिन्थे । पौष महिनाको अन्तिम साताबाट सुरु भएको यो क्रम अहिले मोर्चाको आन्दोलन खुकुलो भएकाले गर्दा विस्तारै बढ्दै गाईरहेको वीरगंज भन्सार कार्यालयका प्रवक्ता सुशिल कुमार शर्माले बताए । उनका अनुसार क्रमशः राजश्व असुलि सुधार भई दिनकै ३० लाख भन्दा घटी असुलि नभएको बताए । तर यि आयतित वस्तु एक एक पोकाको महंगो मुल्य तिरेकाले आम उपभोक्क्त सम्म पुग्दा महंगो मुल्य पर्न जाने उनले बताए ।

भरियाबाट आयतित समानहरु ट्रकमा लोड गर्दै दैनिक मजदुरहरु ।
भारत तथा तेस्रो मुलुकबाट आयतित समान मितेरी पुल  तल कच्ची बाटोमा समान लोड गर्दै भरियाहरु । तस्बिर : जियालाल साह
वीरगंज भन्सार कार्यालयले आर्थिक वर्ष ०७२÷०७३ को पहिलो महिना श्रावणमा सरकारको लक्ष्य ७ अर्ब २२ करोड ९४ लाखको ७ अर्ब ३१ करोड ३३ लाख राजश्व संकलन गरि १.१६ प्रतिशत बढी राजश्व संकलन गरेको थियो । यससंगै भाद्रबाट सुरु भएकोे मधेश बन्दले क्रमश रुपमा राजश्व घटदै गईरहेको अवस्था छन् । आफनो लक्ष्य ८ अर्ब ८२ करोड ५० लाखमा, ४ अर्ब ९१ करोड १३ लाख मात्रै राजश्व संकलन भई झण्डै ४४.३५ं प्रतिशत भाद्र महिनामा घटी राजश्व संकलन गरेको हो । यसैगरी आश्विन ६ गते देखि मधेशी मोर्चाले आन्दोलनलाई अझै सशक्त पारि नाका कन्द्रित आन्दोलन शुरु गर्दा आफनो लक्ष्य ७ अर्ब ७८ करोड ६७ लाखमा २ अर्ब ६४ लाख मात्र संकलन भई ७४.२३ प्रतिशत घटी आश्विनमा राजश्व संकलन गरेको थियो । यसैगरी क्रमशः कार्तिक महिनामा लक्ष्य ७ अर्ब ३० करोड ५९ लाखमा ७ करोड ३९ लाख मात्रै संकलन भई ९८.९९ प्रतिशत घटि राजश्व संकलन गरेको हो । यसैगरी मंसिर महिनामा ८ अर्ब ३० करोड ५९ लाख रुपैयाको लक्ष्यमा ११ करोड १८ लाख रुपैया मात्रै राजश्व संकलन भई ९८.६४ प्रतिशत घटि राजश्व असुलि गरेको थियो यससंगै आर्थिक वर्षको ६ औँ महिना पौषमा आफनो लक्ष्य ८ अर्ब ३० करोड ५९ लाख रुपैयाको ७  करोड ७०  लाख रुपैया मात्रै राजश्व संकलन गरि आफनो लक्ष्यको ९९.७ प्रशित घटि राजश्व संकलन गरेको हो ।
जबकी आर्थिक वर्ष ०७१÷०७२ मा यस वीरगंज भन्सार कार्यलयले श्रावण देखि पौष सम्म आफनो महिनाको लक्ष्य ५४ अर्ब १९ करोड २२ लाखमा ५८ अर्ब २३ करोड ९६ लाख संकलन गरेको थियो । आफनो लक्ष्य भन्दा ४ अर्ब ४ करोड ७३ लाख झण्डै ४६.३३ प्रतिशत बढी राजश्व असुलि गरेको थियो ।  
धर्नामा बसेका मधेशवादी दलका नेता कार्यकर्ताहरु ।

अन्तराष्ट्रिय भन्सार दिवसको अवसरमा सहभागि अतिथिहरु ।

अतराष्ट्रिय बिमानस्थलको एक, चिनसंग जोडिने ९ वटा र भारतबाटजोडिने २० वटा गरी नेपालमा रहेका ३० वटाभन्सार कार्यालयमध्ये वीरगन्ज भन्सार कार्यालय एक्लैलाई ५१ प्रतिशतभन्दा बढी राजश्व असुलीको लक्ष्य छ । चालु आर्थिक बर्षमा भन्सार बिभागले लिएको असुलीको कुल लक्ष्य २ खर्ब ५ अर्ब रुपैया छ भने वीरगन्ज भन्सारलाई मात्र १ खर्ब ३ अर्ब रुपैया संकलन गर्नुपर्नेछ । यसरी व्यपार र राजश्व असुली दुबै दृष्टिले महत्पुर्ण र प्रमुख रहेको वीरगन्ज नाका थुनिदा राज्य र आयातकर्ता ब्यपारी सबैलाई भारी नोक्सानी भएको छ । यि भारी नोक्सानी व्यवहोर्दाले गर्दा यतिनजेल भन्सार यार्ड खाली भई दिवसको अवसर पारेर कर्मचारीहरु सरसफाईमा जुटेका छन् ।


 


Post a Comment

Banana Farming in Nepal

 
Copyright © 2013 Latest News From Birgunj City, Nepal. (Explore Your Hidden Activetis)
Shared by Themes24x7Powered byBlogger