BREAKING NEWS

Health

Report

Amazing

वीरगंजमा प्रदर्शन, एक सर्वसधारण घाईते ६ जना प्रहरी नियन्त्रणमा (फोटो फिचर)

घण्टाघर अगाडी शान्तिपुर्ण आन्दोलन गर्दै प्रदर्शनकारी ।
माघ ८ पर्सा
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा पर्साले हिजो रंगोलिमा भएको घटनालाई लिएर आज विहानदेखि वीरगंजमा प्रदर्शन भएको छ ।
प्रदर्शनको क्रममा प्रहरीले ढुङगा मुढा गरिरहेका विजय साह कानु सहित गुलेलि चलाउने २ जना र अन्य ३ जना गरि ६ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
 मोर्चाका कार्यकर्ताहरुले घण्टाघरस्थित रहेको नेपाल टेलिकम दुर सञ्चार कार्यालयमा तोडफोडको साथै एउटा भ्यानमा समेत तोडफोड गरेका थिए । ढुङगामुढाले टेलिकमको महंगा सिसा, कार्यालय भित्रको ३६, ३० नम्बरको क्याबिनेट बक्समा नोकसानि भई ७ सय ग्राहकको टेलिफोन अवरुद्ध भएको निम्ति कार्यालय प्रमुख गिरिराज सुवेदिले बताउनु भएको छ । यसैगरी कार्यालयको कम्पयुटर र सिसाहरु फुटेकाले अन्दाजि ५० लाख बराबरको क्षति भएको उनले बताए । बाक्लो रुपमा उपस्थित रहेका प्रदर्शनकारीहरुले नेपाल टेलिकमको भवनमा रहेको झयालका सिसामा तोडफोड गर्नुको साथै छतमाथि घाम तापिरहेका टेलिकमका कर्मचारीहरु माथि समेत ढुङगामुढा गरेका थिए ।
 प्रदर्शनकारीले घण्टाघर अगाडी भ्यानमाथि तोडफोड गरेको बारे जनकारी गराउदै प्रहरी ।
  यसैगरी प्रदर्शनकारीले छपकैयाबाट आईरहेको बा १० प ८३२४ नम्बरको गाडिमा समेत तोडफोड गरेका छन् । यसैगरी प्रदर्शनकारीले चलाएको ढुङ्गा लागि एक बटुवा दिनेश यादवको टाउको फुटेको छ ।
प्रदर्शनकारीले मुख्यगरि घण्टाघर, माईस्थान र मिना बजारको तरकारी बजारबाट प्रहरी माथि ढुङगामुढा गरेको थियो । प्रदर्शनले फुटफाट रुपमा संञ्चालन भईरहेको वीरगंज बजार अहिले पुर्ण रुपमा बन्द भएको अवस्थामा छन् ।
वीरगंजको मिना बजार गल्लीमा प्रहरी माथि ढुङ्गामुढा गर्दै प्रदर्शनकारी ।


Post a Comment

Banana Farming in Nepal

 
Copyright © 2013 Latest News From Birgunj City, Nepal. (Explore Your Hidden Activetis)
Shared by Themes24x7Powered byBlogger