BREAKING NEWS

पत्रकार राम सर्राफको घरमा पेट्रोल बम प्रहार

पेट्रोल बम प्रहार 

वीरगन्ज २८ भदौ 
वीरगन्जमा आईतवार राति पत्रकार राम सर्राफको घरमा अज्ञात समुहले पेट्रोल बम प्रहार गरेको छ । राष्ट्रिय फोटो पत्रकार समुहका केन्द्रीय उपाध्यक्ष सर्राफ द हिमालयन टाइम्सका पर्सा संवाददाता एंव अनलाइन यात्रा डेलीका संचालक पनि हुन । 
वीरगन्ज १२ रानीघाटस्थित सर्राफको घरमा आईतवार राति सवा नौ बजे अज्ञात समुहले पेट्रोल बम प्रहार गरेको हो । कफ्र्यु लागकै बेला राति सवा नौ बजेको समयमा मोटरसाइकलमा सवार भई आएका अपरिचित युवकहरुले सर्राफको घरको मुल गेटमा पेट्रोल बम प्रहार गरेर फरार भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
आफु सपरिवार घर भित्र रहेका बेला मुल गेट बाहिर आगो बलेको देखेर छिमेकीहरुले खबर गरेपछि बाहिर आएर हेर्दा बलिरहेको आगोबाट पेट्रोलको गन्ध आएको सर्राफले बताए । स्थानियवासीको सहयोगमा आगो निभाइएको पत्रकार सर्राफले बताए । 
घटना लगत्तै पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरे र प्रहरी उपरिक्षक दिवेश लोहनीलाई जानकारी गराएपनि कुनै सहयोग नपाएको उनले गुनासो गरे । यता घटनाको चौतर्फी रुपमा भर्तसना भएको छ । घट्नामा कसको संलग्नता रहेको भनी यकिन हुन नसकेको सर्राफले बताए । 


कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.

Post a Comment

Banana Farming in Nepal

 
Copyright © 2013 Latest News From Birgunj City, Nepal. (Explore Your Hidden Activetis)
Shared by Themes24x7Powered byBlogger