BREAKING NEWS

Health

Report

Amazing

मधेश आन्दोलनको आज ३० दिन पुरा


भाद्र २७ वीरगंज
        जारी मधेश आन्दोलनको आज ३० दिन पुरा भएको छ । भने वीरगंजमा कर्फु लगाईएको आज १४ दिन पुरा भएको छ । यस क्रममा प्रशासनले कर्फु खुकुलो बनाउदै दैनिक रुपमा विहान ९ बजेदेखि दिउसो १ बजे सम्मका लागि र दिउसो ४ बजे देखि साझ ७ बजे सम्मका लागि कार्फु लगाउदै आएको छ । 
बन्दको मारमा परेका जनताहरुलाई कालोबजारी, अखाद्यवस्तु, महगाई लागायतको समस्या दैनिक रुपमा भोग्दै आउनु परेको अवस्था छ । बन्दले सबभन्दा बढी दैनिक ज्यालादारिमा काम गर्ने मजदुरहरु मर्कामा परेका छन् । यस बन्दको समर्थन उधोगी व्यवसायी, बुद्धिजिवि, नागरिक समाज, भन्सार एजेन्ट संघ, शैक्षिक संघ संगठन लगायतकाले समर्थन गरेपनि बन्दको उपलब्धी हुन सकेको छैन् । अझै बरु विद्यालय, क्यामपस, उधोग कलकरखाना बन्दले सास्ती र समस्या मधेशका जनताले आज एक महिना देखि बाध्य भएर भोग्दै र झेल्दै आईरहेका छन् । पर्सामा आन्दोलन तातेको बेला आधा दर्जन भन्दा बढी गाउँ तथा सिमामा रहेका प्रहरी चौकिहरु जलाईसकेका छन् । 
सिमामा रहेका भिष्वा, पिडारीगुठि, पाडेपुर, जानकिटोला, आसवारी लगायतको प्रहरी चौकि जलाईएर प्रहरीहरुलाई लखेटिएका थिए । 

कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.

Post a Comment

Banana Farming in Nepal

 
Copyright © 2013 Latest News From Birgunj City, Nepal. (Explore Your Hidden Activetis)
Shared by Themes24x7Powered byBlogger