BREAKING NEWS

Health

Report

Amazing

काठमाडौंमा पाकिस्तानविरुद्ध भारतीय चलखेल

सरकारमा आत्मसमर्पणवादी प्रवृत्ति देखियो : विष्ट

१७ वैशाख, काठमाडौं । भूकम्पका विषयमा सहायता गर्न भन्दै काठमाडौं आएका भारतीयहरुले नेपालको सार्वभौमसत्ता र अन्य मित्रराष्ट्रसँगको सम्बन्धलाई नै खलल पर्ने गतिविधि थालेका छन् ।
मित्रराष्ट्र पाकिस्तानले नेपाललाई दिएको राहत सामाग्रीमा भारतीयहरुले खुलेआम आपत्ति जनाएपछि नेपालीहरुमा चिन्ता शुरु भएको हो । पाकिस्तानले नेपाललाई ‘बीफ मसला’ पठाएको भन्दै भारतीय मिडिया ‘आज तक‘ले ‘प्रोपोगाण्डा’सुरु गरेको छ ।
पाकिस्तानप्रति भारतको दृष्टिकोण नकारात्मक रहे पनि नेपाल र पाकिस्तानवीचको सम्बन्ध सुमधुर छ । पाकिस्तानले नेपाललाई राम्रो नियतले राहत सहयोग गरेकोमा नेपालीहरु ढुक्क छन् । तर, पाकिस्तान मुस्लिम देश भएकाले उसले पठाएको सामाग्रीमा असावधानीवश ‘बीफ मसला’ पर्नु अस्वाभाविक विषय होइन । त्यस्तो भएको अवस्थामा नेपालले कूटनीतिक रुपमै यसलाई हल गर्न सक्छ ।
तर, यही विषयलाई लिएर भारतीय मिडियाले पाकिस्तानविरुद्ध नेपालीलाई भड्काउने खालको सामाग्री पस्केको गुनासो नेपाली अधिकारीहरुले गर्न थालेका छन् । पत्रकार महासंघका अधिकारीहरुका अनुसार भारतीय मिडियाको यो गतिविधि नेपाल प्रेस काउन्सिलको आचारसंहिता विपरीत छ ।
नेपालको सार्वभौमिकता एवं राष्ट्रिय सुरक्षामा प्रभाव पार्ने यस्ता गतिविधिले नेपाल पाकिस्तानवीचको सम्बन्धमा खलल ल्याउन सक्ने जानकारहरुको चिन्ता छ ।
हाल काठमाडौंमा रहेका भारतीय हिन्दु स्वयंसेवक संगठनका एक नेताले समेत नेपालको भूमिबाटै पाकिस्तानको विरोध गर्दै हिन्दु(मुस्लिम सदभाव बिगार्ने प्रयास गरेका ।

मैले मन्त्रीको ध्यानाकर्षण गराएको छु : विष्ट

नेपाल पत्रकार महासंघका सभापति डा। महेन्द्र विष्टले अनलाइनखबरसँग भने( ‘विपत्ती परेका बेला भारतीय पक्षबाट भएको सकारात्मक पहलको हामीले सह्राना गर्छौं, तर यही बाहनामा सदभाव बिथोल्ने, सार्वभौमिकतामा खलल पार्न खोज्ने, देशवासीलाई होच्याउने र सम्वेदनशील ठाउँहरुमा विदेशीले प्रवेश गर्ने कार्य सैह्य हुन सक्दैन ।’
आफूले यस विषयमा सूचना तथा सञ्चारमन्त्री डा। मीनेन्द्र रिजालसमक्ष आपत्तिसमेत जनाइसकेको विष्टले बताए ।
सरकारका अधिकारीहरुले नेपाली पत्रकारलाई कुनै पनि ठाउँमा पहूँच नदिएको र विदेशी मिडियासामु डेढ घण्टासम्म अन्तरवार्ता दिने गरेको भन्दै सभापति विष्टले आपत्ति जनाए ।
‘हामीलाई रिपोर्टिङमा बाधा व्यवधान गरिएको छ’ विष्टले भने( ‘भारतीय एवं विदेशी मिडियाले देशको खिल्ली उडाउँदा पनि सरकार मौन एवं लाचार बनेको छ, यसबारे मैले मन्त्री रिजालको ध्यानाकर्षण गराइसकेको छु, फेरि भेटेर कडाइपूर्वक कुरा राख्न चाहन्छु ।’
विष्टले भने( ‘प्रधानमन्त्री सुशील कोइरालाले आफ्नो सम्बोधनमा समेत मोदीको ट्विटबाट भूकम्प आएको थाहा पाएँ भने, यो हाम्रो सरकारको आत्मसमर्पणवादी प्रवृत्ति हो ।‘
यसैवीच नेपाल पत्रकार महासंघका पूर्वसभापति शिव गाउँलेले राष्ट्रिय सार्वभौमिकता एवं अन्य देशसँगको सम्बन्धमा खलल पुर्‍याउने गतिविधि गर्ने विदेशीलाई सरकारका तर्फबाट तत्कालै रोक लगाउन सकिने बताए ।स्रोतका अनुसार भारतीयहरुले भूकम्पको बाहनामा काठमाडौंमा आएर गरिरहेको चीन र पाकिस्तानविरोधी गतिविधिबारे गृहमन्त्रालयमा समेत बुधबार अनौपचारिक छलफल भएको छ ।





कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.

Post a Comment

Banana Farming in Nepal

 
Copyright © 2013 Latest News From Birgunj City, Nepal. (Explore Your Hidden Activetis)
Shared by Themes24x7Powered byBlogger