BREAKING NEWS

Health

Report

Amazing

सुनकोशीमा २ सय मानिस हराएको आशंका (रुखमुनि बित्ने भो दशौं हजार विस्थापितको रात )






१७ साउन, काठमाडौं ।
 सिन्धुपाल्चोकको राम्चे ५(जुरेमा झरेको पहिरोले थुनिएको सुनकोशी नदी शनिबार मध्यान्हबाट बग्न थालेको छ ।
तर, सुनकोशी थुन्ने गरी खसेको पहिरोमा दुई सय बढी मानिस पुरिएको अनुमान गरिएको छ भने हजारौं विस्थापित भएका छन् । सरकारले उद्धारलाई व्यवस्थि तगर्न नसक्दा सिन्धुपाल्चोकदेखि सिन्धुलीसम्म विस्थापितहरु शनिबार रातभरि डाँडापाखामा अलपत्र पर्ने स्थिति देखिएको छ ।
शनिबार विहान राति ३ बजेतिर झरेको पहिरोले जुरेमा सुनकोशी नदी थुनेको थियो । झण्डै १२ घन्टा कोशी थुनिँदा ३ किलोमिटर माथिसम्म ताल बनेर नदी किनार डुबानमा परेको छ ।
पहिरोले बनाएको बाँधसम्म पानी भरिएपछि दिउँसोबाट सुनकोशी नदीको पानी बग्न थालेको छ । लगतै सेनाले दुईपटक बम विस्फोट गराएर पानीको निकास केही सहज बनाएको छ । ‘अहिले पनि हाम्रो प्रविधिक टोलीले काम गरिरहेको छ, कति समय लाग्छ, के हुन्छ भन्न सक्ने अवस्था छैन’ सेनाका प्रवक्ता जगदीश पोखरेलले अनलाइनखबरसँग भने ।
सुरक्षा निकाय भन्छ( रातभरमा के हुन्छ, भन्न सकिन्न
दिउँसोबाट जमेको पानी बग्न थाले पनि रातभरिको स्थिति के होला भन्ने अन्यौलमा सिन्धुपाल्चोकदेखि सुनसरीसम्मका जनतामा त्रास छ । यसबारे उद्धारमा खटिएका सुरक्षा अधिकारीसमेत अन्योलमा छन् ।
द्यजयतभपयकजष्ँयियम
थप पानी नपर्ने हो भने रातभरमा पानी बगिसक्नेछ । ‘अरु नथपिने हो भने रातभरमा क्लियर हुन्छ । तर, झण्डै एक किलोमिटर ताल त रहन्छ नै’ सशस्त्र प्रहरीका एसपी लक्ष्मण सिंहले अनलाइनखबरसँग भने । पहिरोले नदी थुनिएपछि शनिबार दिउँसो तीन किलोमिटरसम्म ताल बनेको थियो ।
सुरक्षाकर्मीहरुले रातभर ड्युटी बसेर पानीको मात्रा अध्ययन गर्ने व्यवस्था मिलाएका छन् । बम पड्काएर पहिरो फुटाउँदा तल्लो भेगमा ठूलो क्षति पुग्ने भएकाले निकै सजगता अपनाइएको छ ।





८ को शव भेटियो, २०० बढी बेपत्ता
सशस्त्रका एसपी सिंहका अनुसार राम्चेबाट खसेको पहिरोले पारिपट्टकिो धुस्कुनको भित्तामा रहेका १५र२० घरहरु पुरेको छ । झण्डै ५ सय मिटरमाथिसम्म जंगल क्षेत्र सोहोरेर आएको पहिरोले फेरि वारिपट्ट िफर्केर जुरेको वस्ती पुरिएको पाइएको छ । ‘वारितर्फको फेदीमा रहेका २५र३० घर को कुनै नामो निसाना छैन । पारिका १५र२० घरको पनि कुनै अत्तोपत्तो छैन’ एसपी सिंहले भने(हामीले उद्धार गरेका घाइते र भेटिएको शव पानी थुपिएपछि डुवाएको क्षेत्रको मात्रै हो ।’
कति मानिस हराएका छन् भन्ने कुनै यकिन तथ्यांक छैन । स्थानीयका अनुसार उक्त क्षेत्रमा समेत ९र१० जना वेपत्ता छन् । पहिरो र डुवानमा गरी २०० बढी मानिस हराएको स्थानीयले अनुमान गरेका छन् ।
सुरक्षाकर्मीले शनिबार ८ जनाको शव निकालेका छन् भने २० जनाभन्दा बढीलाई उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये केहीको काठमाडौंमा उपचार भइरहेको छ ।
हजारौं मानिस रातभर कहाँ बस्छन् रु
स्थानीय प्रशासनले अहिले पनि सिन्धुपाल्चोकसँगै काभ्रे, दोलखा, रामेछाप, सिन्धुली, उपदयुर, सप्तरी र सुनसरीको कोशी किनारका बसिन्दालाई सुरक्षित स्थानमा सर्न उर्दी गरेको छ ।
सरकारी उर्दीका कारण नदी किनाराका दशौं हजार बासिन्दाहरुको घर छाडेर डाँडातिर सरेका छन् । उनीहरुले खुल्ला आकाशमा रात बिताउनुपर्ने स्थिति देखिएको छ ।
नदी थुनिएर ३ किलोमिटरसम्म ताल बनेपछि लामोसाँघुदेखि सिन्धुलीको खुर्कोटसम्मका मानिसहरुले घर छाडेर हिँडेका छन् । ताल बनेको भन्दा तल्लो क्षेत्रमा रहेका हजारौं मानिस घर छाडेर अग्लो स्थानतिर लागेका छन् । तर, उनीहरुलाई रातभर कहाँ राख्ने टुङ्गो छैन । ‘लामोसाघुँबाट मात्र १५०० बढी घर छाडेर हिँडेका छन् । माथिल्लो क्षेत्रमा जानुस् भनिएको छ । अरु कुनै व्यवस्था गर्न सकिएको छैन’ एक अधिकारीले भने ।
उनीहरु माथिल्लो क्षेत्रमा रहेको घरहरुमा अटाउन सक्ने अवस्था छैन । धेरै स्थानीय ज्यान जोगाउन लालाबाला बोकेर दौडिएका कारण खाने सामल र ओड्न ओछ्यान समेत लगेका छैनन् । अब हजारौं मानिसहरु रातभर जागा बस्नुको कुनै विकल्प छैन । दिउँसो मानिसहरु अग्लो स्थानमा बसेर कतिबेला तालको पानीले निकास पाउँछ भनेर हेरिरहेका देखिन्थे ।
कति मानिसले घर छाडे भन्ने यकिन तथ्यांक स्थानीय प्रशासनसँग छैन । तर, सुरक्षाकर्मीहरुका अनुसार तल्लो भेगका जिल्लाहरुको समेत गणना गर्ने हो भने १५र२० हजारले घर छाडेका छन् ।
समयमै उद्धार नगरेको आरोप
पहिरो र डुवानमा परेर उद्धार गरिएकाहरुले स्थानीय प्रशासनले समयमै सहयोग नगरेको आरोप लगाएका छन् ।  सुरुमा पहिरोले नदी रोक्नासाथ खबर गरेको भए पनि बिहान मात्र सुरक्षाकर्मीहरु आएको घाइते दुर्गालाल श्रेष्ठले बताए । घाइतेको शिक्षण अस्पताल महाराजगञ्ज र बीएण्डबी अस्पतालमा उपचार भइरहेको छ । By Onlinekhabar.com

कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.

Post a Comment

Banana Farming in Nepal

 
Copyright © 2013 Latest News From Birgunj City, Nepal. (Explore Your Hidden Activetis)
Shared by Themes24x7Powered byBlogger