BREAKING NEWS

Health

Report

Amazing

काठ तस्करीमा संलग्न ६ प्रहरी रङ्गे हात पक्राउ (भिडियो सहित)




बारामा काठ तस्करमा संलग्न अवस्थामा प्रहरी नै रङ्गे हात पक्राउ परेका छन् । गढीमाई नगरपालिकास्थित रामवनबासीले गएराति दुइ प्रहरी सहायक निरिक्षक सहित ६ प्रहरीलाई काठ तस्करी गरिहेकै समयमा नियन्त्रणमा लिएर पर्सा बन्यजन्तु आरक्षलाई बुझाएका छन् । इलाका प्रहरी कार्यालय सिमरामा कार्यरत प्रहरी सहायक निरिक्षक धर्मेन्द्र गिरी आफैले सालको काठ लोड गरीे ट्याक्टर चलाउदै गरेको अवस्थामा स्थानीयबासीले पक्राउ गरी आरक्षलाई बुझाएका हुन् । ना।२।त।३८५० नम्बरको ट्याक्टरमा करिब अढतिस क्युफिट बराबरको ३१ थान सालको मुढा लोड गरिएको अवस्थामा फेला परेको स्थानीयले बताएका छन् । सो काठ चोर्नीबाट लोड गरी बारामा ल्याएको हुन सक्ने मुसहरनीमाई सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष मेघनाथ सुवेदीको बताए । यता सहायक निरिक्षक गिरीले भने आफुहरुले काठ तस्करहरुसंग बरामद गरी इलाका प्रहरी कार्यालय सिमरा लैजान लागेको दावी गरेका छन् । पक्राउ परेका गिरीलाई यति वेला अनुसन्धानको लागि आरक्षमा बुझाईएको छ ।।

उता,सुनसरीको धरानबाट अवैध काठ सहित एक समुहलाई प्रहरीले पक्राउ गरेको छ । आइतवार साँझ काठ ल्याउदै गरेको सूचनाको आधारमा को।१ ख २३७५ नम्बरको मिनी ट्रकबाट काठ बरामद भएको हो । बक्लौरी र मलाचौरको मध्य क्षेत्रबाट धरान–१५ का काजीमान राई र धरान–११ का रमेश भनिने नगेन्द्र राई ६ वटा सखुवाका काचो गोलिया सहित पक्राउ गरिएको हो । यस्तै, सोमबार विहान धरान– ८ बरगाँछीस्थित उत्तम फर्निचर उद्योगबाट ३ वटा सखुवाको चिरान काठ सहित फर्निचर सञ्चालक चन्द्र श्रेष्ठ तथा फर्निचर ठेक्कामा चलाउदै आएका रमेश राईलाई समेत प्रहरीले पक्राउ गरेको छ । बरामद गरिएको सवारी साधन तथा काठ इलाका वन कार्यालय धरानलाई बुझाइएको छ ।।



कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you

Post a Comment

Banana Farming in Nepal

 
Copyright © 2013 Latest News From Birgunj City, Nepal. (Explore Your Hidden Activetis)
Shared by Themes24x7Powered byBlogger