BREAKING NEWS

Health

Report

Amazing

हिन्दु राष्ट्रको माँग गर्दै विरगंजमा विरोध जुलुश प्रदर्शन


श्याम कुशवाहा
पर्सा,०४ वैशाख ।
                   हिन्दु राष्ट्रको माँग गर्दै विरगंजमा विरोध जुलुश प्रदर्शन गरिएको छ । हिन्दु रक्षा मोर्चा र साधु महासंघले संयुक्त रुपमा विरगंजमा विरोध जुलुश प्रदर्शन गरेका हुन ।
विरगंजको गिता मन्दिर बाट निकालीएको विरोध रयाली नगरपरिक्रमा गरि जिल्ला प्रशासन कार्यालय पर्सामा पुगी प्रमुख जिल्ल अधिकारी कैलाशकुमार वजिमयलाई ज्ञापनपत्र बुझाएका छन । नगरपरिक्रमा गर्ने क्रममा बाबाहरुले हिन्दु राष्ट्र कायम गर,धर्म निरपेक्षता खारेज गर लगाएतको नारा लगाएका थिए । ज्ञापनपत्र दिदै हिन्दु रक्षा मोर्चाका संयोजक बाबा सौरभनाथले २०६३ जेष्ठ ४ गतेका दिन विदेशीको ईशारामा नेपाललाई धर्म निरपेक्ष राष्ट्र घोषणा गर्ने कार्य भएको दिनलाई कालो दिवशको रुपमा स्मरण गर्दै धर्म निरपेक्षता खारेजको मागं गर्दै नेपाललाई पुन हिन्दु राष्ट्र कायम गर्नु पर्ने माग सहित जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको बताउनु भयो । जुलुशमा हिन्दुवादी विभिन्न संघ संगठनहरुको सहभागीता रहेको थियो ।




कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you




Post a Comment

Banana Farming in Nepal

 
Copyright © 2013 Latest News From Birgunj City, Nepal. (Explore Your Hidden Activetis)
Shared by Themes24x7Powered byBlogger