BREAKING NEWS

Health

Report

Amazing

ईङगलिश डटकमको भविष्य निर्माण सम्बन्धि प्रशिक्षण


वीरगन्ज ७ जेठ
ईङगलिश डटकमको आयोजनामा भविष्य निर्माण सम्बन्धि एकदिने प्रशिक्षण कार्यक्रम वीरगंज पब्लीक कलेजको सभाकक्षमा समपन्न भएको छ । 
तालिममा एस।एल।सी दिएर बसेका विद्यार्थीसंगै क्यामपस पढने विद्यार्थीहरुको समेत सहभागिता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथी वीरगंज पब्लीक कलेजका क्यामपस प्रमुख हरीरत्न तुलााधारले विद्यार्थीहरुले आफ्नो सोच हरदम सकरात्मक राखे भविष्य सहजतरिकाले राम्रो बनाउन सकिने बताउनु भएको थियो । उनले भने पढाईले मात्रै होईन अरु विभिन्न व्यक्तित्वको भोगाईले पनि जिवनलाई सहि गनतब्य तर्फ डोराउन सकिन्छ । विभिन्न सफल व्यक्तित्वहरुको उदाहरण दिदै तुलााधारले सल्लाह सुझाव लिने सुन्ने र  मननगर्ने तर आफैले निर्णय लिनुपर्ने बताउनुभएको थियो ।  
कार्यक्रममा सहभागि भएकी लक्ष्मी कुमारीले तालिमले आफनो आत्मबल बढाएको बताईन् । उनले भनिन् एस।एल।सी पश्चात कुन विषय रोज्ने, कुन विषय पढदा कहाँ पढने अबको गन्तब्य कस्तो लगायतको बारेमा जनकारी नहुदाँ आफनो रुचिभन्दा फरक आमाबुवाको रोजाईको विषय पढनुपर्नाले पछि गएर प्रतिशपर्धा गर्न नसक्ने अलमलीने लगायतको समस्या बारेमा सहज तरिकाले यस तालिमबाट जनकारी पाएको बताईन् । त्यसैगरी सिम्रौनगढ बाराका सुजित कुमार महतोले भने मानिसको जिवनमा कसरी परिवर्तन आउछ अनुतिर्ण भएरपनि अझै मेहनत, लगनका साथ पढाईलाई अगाडी कसरी बढाउने लगायतको बारेमा तालिमबाट सिकेको उनले बताए । एकदिने प्रशिक्षण कार्यक्रममा बाशु कर्ण, दिगम्बर थापा, ओमप्रकाश श्रेष्ठ लगायतकाले प्रशिक्षण दिनु भएको थियो । भने प्रशिक्षण कार्यक्रममा उदय सिह, रविकान्त महतो, सुजित कुमार कर्ण, लक्ष्मी कुमारी गरी ७६ भन्दा वढी विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रम ईङगलिश डटकमका संचालक दिगम्बर थापाको सभापतित्वमा समपन्न भएको थियो ।


कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you

Post a Comment

Banana Farming in Nepal

 
Copyright © 2013 Latest News From Birgunj City, Nepal. (Explore Your Hidden Activetis)
Shared by Themes24x7Powered byBlogger