BREAKING NEWS

Health

Report

Amazing

पेट्रोलिय पदार्थमा भारी मूल्य बृद्धि, पेट्रोलमा मात्रै १० रुपैयाँ बढ्यो


फाल्गुन ३०
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मल्य बढाएको छ । आज बसेको सञ्चालक समितिको निर्णले पेट्रोलको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाएको छ । डिजेल र मट्टितेलमा प्रतिलिटर ६(६ रुपैयाँ बढेको छ ।
अन्तर्राष्ट्रिय हवाई ईन्धनमा प्रति किलोलिटर १०० डलर र आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैयाँ बृद्धि गरेको निगमले जनाएको छ ।
निगमले आफूलाई मासिक एक अर्ब ६९ करोड घाटा लागेको बताउँदै आएको छ । मूल्यबृद्धिसँगै काठमाडौं उपत्यकामा पेट्रोलको खुद्रा बिक्री मूल्य १४० रुपैयाँ प्रतिलिटर पुग्नेछ । डिजेल र मट्टितेलको प्रतिलिटर मूल्य एकसय नौ रुपैयाँ पुगेको छ ।पेट्रेलबाट मासिक छ करोड ६५ लाख नाफा कमाएको निगमले डिजेलबाट ७७ करोड  २७ लाख घाटा भएको जनाएको छ । मट्टितेलको बिक्रीबाट मासिक एक करोड ४२ लाख नाफा छ ।
ग्यास बिक्रीबाट मासिक एक अर्ब २९ करोड ७४ लाख घाटा भएको निगमको दाबी छ ।    इकान्तिपुरवाट








कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you

Post a Comment

Banana Farming in Nepal

 
Copyright © 2013 Latest News From Birgunj City, Nepal. (Explore Your Hidden Activetis)
Shared by Themes24x7Powered byBlogger