BREAKING NEWS

Health

Report

Amazing

फेसबुक मालिकले भने– इन्टरनेटका लागि अमेरिकी सरकार सवैभन्दा घातक




फागुन ३० गते
फेसबुकका मालिक मार्क जुकरबर्गले इन्टरनेटका बिकाशमा अमेरिकी सरकार सवैभन्दा ठूलो खतरा रहेको टिप्पणी गरेका छन् ।
फेसबुकमा शुक्रबार ब्लग लेख्दै जुकरवर्गले इन्टरनेट प्रयोगकर्तामाथि अमेरिकी सरकारले निगरानी राखेको भन्दै आइरहेका खवरबाट आफु निकै निराश र दिक्क भएको बताएका छन् ।
‘अमेरिकी सरकारले इन्टरनेट प्रयोगकर्तामाथि निरन्तर निगरानी राखेको भन्ने खवरहरुबाट म एकदमै निराश र दिक्क भएको छु ।’ जुकरबर्गले अहिलेसम्मकै कडा टिप्पणी गर्दै भनेका छन–‘जतिबेला हाम्रा इन्जिनियरहरु प्रयोगकर्ताका सुरक्षाका लागि अहोरात्र खटिरहेका हुन्छन हामीले दिमागमा साइबर अपराधिबाट प्रयोगकर्तालाई जोगाउन बिषयमा मात्र सोंचिरहेका हुन्छौं न कि सरकारबाट ।’
‘मैले राष्ट्रपति ओबामालाई पनि मेरो यो दिक्दारी र हालैका दिनमा अमेरिकी सरकारका ब्यबहारबाट बिग्रेको छविप्रति ध्यान दिन आह्वान गरेको छु’ मार्कले भने– तर, यो सम्बोधन हुन निकै लामो समय लाग्नेजस्तो देखिएको छ ।’
नेसनल सेक्युरिटी एजेन्सीले नक्कली फेसबुक युजर बनेर बिभिन्न कम्प्युटरमा भाइरस पठाउने र निगरानी राख्ने गरेको भन्ने दस्तावेज त्यहाँका पूर्व कर्मचारी इडवार्ड स्नोडेनले सार्वजनिक गरेको भोलीपल्ट जुकरवर्गको यस्तो कडा टिप्पणी आएको हो ।
‘अमेरिकी सरकार इन्टरेनटको बिकाशका लागि अग्रणी हुनुपर्छ न कि खतराको रुपमा’ मार्कले भनेका छन– उनीहरुले के गरिरहेका छन भन्ने बिषय पारदर्शी हुनुपर्छ, नत्र भने जनताले निको मान्ने छैनन् ।’
स्नोडेनले सार्वजनिक गरेको पछिल्लो दस्तावेजमा फेसबुक, गुगल, एप्पल, माइक्रोसफ्ट लगायतका कम्पनीले कसरी अमेरिकी सुरक्षा एजेन्सीलाई प्रयोगकर्तामाथि निगरानी गर्न सहज पहुँच दिन्छन भन्ने खुलाइएको छ । तर, ती सवै कम्पनीले स्नोडेनको आरोपलाई अस्वीकार गरेका छन् ।
वर्डवाइड वेब अर्थात डब्लुडब्लुडब्लुका आबिस्कारक टिम बर्नर ली ले हालै सरकारी सुरक्षा एजेन्सीबाट इन्टरनेटमाथि बढ्दो हस्तक्षेप र निगरानीका इन्टरनेट असुरक्षित भएको टिप्पणी गरेको दुई दिनपछि फेसबुक मालिकको यस्तो कडा बक्तब्य आएको हो ।










कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you

Post a Comment

Banana Farming in Nepal

 
Copyright © 2013 Latest News From Birgunj City, Nepal. (Explore Your Hidden Activetis)
Shared by Themes24x7Powered byBlogger