BREAKING NEWS

Health

Report

Amazing

वीरगंज नागरीक समाजद्वारा अविनाश कर्ण सम्मानीत

वीरगंज, २५ मंसिर 
हालै सम्पन्न टी टुवान्टी विश्व कप क्रिकेट छनौट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका वीरगंजका अविनाश कर्णलाई सम्मान गरेको छ । वीरगंजको घण्टाघर चोकमा आयोजित कार्यक्रममा नेपाली राष्ट्रिय टोलीका तर्फबाट उत्कृष्ट प्रदर्शन् गर्दै नेपाललाई विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी गराउन उल्लेखनीय योगदान ......सामाचार पढनका लागि Read more किलिक गर्नुहोस् ।



..... पु¥याएका कर्णलाई यात्रा डेली डट कम र वीरगंज यूवा समाजको संयूक्त आयोजनामा अविनाश कर्णलाई आज सम्मानीत गरेको छ । कार्यक्रमका प्रमुख जिल्ला अधिकारी कैलाश कुमार बजिमयले उनका बुवा कवसल किसोर कर्णका पुत्र मात्र नभइ पर्सा जिल्लाका पुत्र अविनाशले जिल्लाको नाम आफ्नो लगनशीलता र मिहिनेतका बलमा वीश्वभर चिनाएका भन्दै उनलाई प्रशंसा गर्दै कदर पत्र सहित फुल माला र अविर लगाई सम्मान गरेका थिए ।  सम्मानित भएका अविनाश कर्णले देशलाई चिनाउन हामि जस्तो सुकै परिस्थतिमा समेत सक्दो प्रयास गर्ने प्रतिबद्धता गर्दै कर्णले यहाँका उधोगी व्यवसायी तथा विभिन्न संघ संस्था मार्फत केहि मात्रमा भएपनि खेलकुद क्षेत्रलाई सहयोग गरिदिएको खण्डमा वीरगंज रिजन नम्बर २ को खेलाडीहरुलाई अझै बल पुग्ने बताएका थिए । उधोगी  कार्यक्रममा नागरीक समाजका अगुवा डा.दिपक शाक्यले अविनाश पढने मास्टर डिग्री सम्मका सम्पुर्ण खर्च वीरगंज पब्लीक क्लेजले बेहोर्ने गरि उनलाई सहयोग गर्ने प्रतिबद्धता गरेका हुन् । त्यसैगरी कार्यक्रममा वीरगंज भन्सार कार्यलयका कार्यलय प्रमुख रामहरी अर्यालले देशमा यस्ता युवा कर्णधारहरुको कार्यलाई प्रशासा गर्नुपर्ने र अगाडीका खेल जिवनमा सहयोग गर्नुपर्ने बताएका थिए । त्यसैगरी कार्यक्रममा २०१२ मा अन्डर १९ वल्र्ड कपमा खेल्नु भएका क्रिकेट खेलाडी हासिम अंसारीलाई समेत सम्मानीत गरेको थियो । कार्यक्रममा अविनाश कर्णका बुवा कवशल किशोर कर्ण, नागरिक समाजका अगुवा डा.दिपक शाक्य, यात्रा डेलिका संयोजक फोटो पत्रकार राम सरार्फ, पर्साका प्रहरी उपरिक्षक धिरज प्रताप सिह, राष्ट्रिय अनुसंधान केन्द्रका प्रमुख राजेन्द्र जिसि, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष केसि लामिछाने लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम वीरगंज यूवा समाजका अध्यक्ष कमल चौगाईको सभापतित्वमा समपन्न भएको थियो भने कार्यक्रमलाई पत्रकार रवि दहालले संचालन गर्नु भएको थियो । 

Post a Comment

Banana Farming in Nepal

 
Copyright © 2013 Latest News From Birgunj City, Nepal. (Explore Your Hidden Activetis)
Shared by Themes24x7Powered byBlogger