BREAKING NEWS

Health

Report

Amazing

क्षेत्रिय कुस्ती खेलकुद प्रतियोगिता शुरु

वीरगंज, २६ मंसिर मध्यमाञ्चल स्तरिय कुस्ती खेलकुद प्रतियोगिता बुधबार वीरगन्जमा सञ्चालन भइरहेको छ । वीरगन्जको घडिअर्वामा स्थित जिल्ला खेलकुद विकास समितीको कबार्ड हलमा आयोजना भइरहेको .....सामाचार पढनका लागि Read more किलिक गर्नुहोस् ।
......प्रतियोगिताको एकीकृत नेकपा माओवादीका भोजपुरा संयोजक क्षेत्रबहादुर श्रेष्ठले उद्घाटन दुबै कुस्ती खेलाडिलाई हात मिलाई गरेका थिए । संयोजक श्रेष्ठले कार्यक्रमलाई सम्बोधन गर्दै खेलकुदबाट नै अहिले विश्वभर नेपाल चर्चामा आएको बताउ“दै नियमितरुपमा यस्ता खेलकुद प्रतियोगिताहरुको आयोजनाबाट खेलाडीको मनोबल उकास्न र खेलको प्रवद्र्धन गर्न ठूलो सहयोग पुग्ने धारण्ाँ आफनो धारणा व्यक्त गरेका थिए । प्रतियोगिताको उद्घाटन खेलमा पर्सा र सर्लाही विजयी भएको छ । ५५ केजी तौल समूहमा रौतहटका पहलवानविरुधको खेलमा पर्साका जयमंगल यादव विजयी भएका छन् । उनले आङ्खनो प्रतिस्पर्धीलाई भुइ“मा पछार्दै जित हासिल गरेका हुन् । यसैगरी सर्लाहीका रामकैलाश रायले महोत्तरीका मकुन यादवलाई भुइ“मा पछार्दै जित सुनिश्चित गर्न सफल भएका हुन् । प्रतियोगिताको सेमीफाइनल र फाइनल चरण्ँका खेलहरु दिउ“सो डेढ बजेदेखि पुनः कभर्ड हलमा शुरु हुने जिल्ला खेलकुद विकास समितीका अध्यÔ अभिताभ बच्चन दासले बताएका हुन् । प्रतियोगितामा मध्यमाञ्चलका पर्सा, बारा, रौतहट, सर्लाही र महोत्तरीका कुस्ती पहलवानहरुको सहभागीता रहेको छ । पर्साका कुस्ती प्रशिÔक धर्मराज यादवका अनुसार प्रतियोगितामा २५ जना खेलाडीहरुको सहभागीता रहेको जनाएको छ ।

Post a Comment

Banana Farming in Nepal

 
Copyright © 2013 Latest News From Birgunj City, Nepal. (Explore Your Hidden Activetis)
Shared by Themes24x7Powered byBlogger