BREAKING NEWS

ताज पहिरन दाऊमा तन्नेरी .. फोटो फिचर सहित



मंसिर १९ वीरगंज,
सालिमार मिस वीरगन्ज प्रतियोगिताको ताज पहिरन तन्नेरी छात्राहरु एक सातादेखि बन्द शिविरको प्रशिक्षणमा व्यस्त छन् । १६ देखि २४ वर्षिया छात्राहरु क्याटवाक र आकर्षक पहिरनबाट मात्र नभएर आफ्नो बौद्धिक क्षमता समेत प्रदर्शन् गरेर शिरमा ताज पहिरिने दाऊमा छ । 
मिस वीरगंज प्रतियोगितामा सहभागि मोडल ।



नेप्सक्रियू समूहद्वारा वीरगन्ज स्वीमिङग पुल परिसरमा आयोजना हुने मिस वीरगन्ज प्रतियोगितामा विभिन्न क्याम्पसमा अध्ययनरत १५ छात्राहरुको सहभागीता रहेको काजल बेरीवालले बताईन्।  प्रतिस्पर्धामा उत्रिएर .
सामाचार पढनका लागि Read more किलिक गर्नुहोस् ।
ताज पहिरिने मुख्य लक्ष्य भए पनि प्रतियोगितामा सहभागीतासँगै थुप्रै अवसरहरु पाउन थालेको सहभागी प्रतियोगिहरुको भनाई छ । दुई महिना अघिदेखि शुरु भएको छनौट र प्रशिक्षण शिविरमा फरक फरक समुदाय र क्याम्पसबाट सहभागी भएका छात्राले आफ्नो प्रतिभामा निखार ल्याउने अवसर मात्र नभएर आपसमा सामाजिकीकरण हुने मञ्च समेत पाएका छन् । सहभागी छात्रालाई मिसेज वीरगन्ज प्रतियोगिताकी रत्ना मानन्धरले प्रशिक्षण दिइ रहेकी छिन् । देशको प्रमुख शहरमा गनिने भएपनि यहाँ मनोरन्जन र प्रतिभा प्रदर्शन्को अवसर ज्यादै न्यून हुने गरेको तन्नेरीहरुका आम गुनासो सुनिन्छ । मोडेलिङलाई आफ्नो क्यारियर बनाउने लक्ष्य बोकेकी स्नातक तहकी छात्राहरु भन्छिन,यस्ता कार्यक्रमहरु यहाँ नियमित नहुने भएकाले अवसर नपाउँदा एकदम उकुसमुकुस हुन्छ । कार्यक्रम यहि शनिबार अदर्शनगरको स्वीमिङग पुल परिसरमा दिउसो ३ बजे देखि हुने आयोजक संस्था नेप्सकृयु समुहले जनाएको छ । 

मिस वीरगंज प्रतियोगितामा सहभागि मोडल ।

मिस वीरगंज प्रतियोगितामा सहभागि मोडल ।

मिस वीरगंज प्रतियोगितामा सहभागि मोडल ।

मिस वीरगंज प्रतियोगितामा सहभागि मोडल ।

मिस वीरगंज प्रतियोगितामा सहभागि मोडल ।

मिस वीरगंज प्रतियोगितामा सहभागि मोडल ।
मिस वीरगंजका आयोजक यूवापुस्ताहरु ।।

Post a Comment

Banana Farming in Nepal

 
Copyright © 2013 Latest News From Birgunj City, Nepal. (Explore Your Hidden Activetis)
Shared by Themes24x7Powered byBlogger