BREAKING NEWS

Health

Report

Amazing

एभिन्यूजद्धारा विशेष बहस समपन्न्

बीरगंज १८ मंसिरएभिन्यूज टेलिभिजनको क्षेत्रीय ब्यूरो कार्यालय बीरगंजले बीरगंजको घण्टाघरचौकबाट विशेष वहस कार्यक्रमको प्रत्यक्ष प्रशारण गरेको छ । एभिन्यूज टेलिभिजनले पर्सा जिल्लाका नवनिर्वाचित सभासदहरुको सहभागिता गराई पर्सा जिल्लाको राजनीतिक, सामाजिक, आर्थिक र औधोगिक बिकासमा के कस्ता योजना बनाएका छन भन्ने बिषयमा विशेष छलफलको आयोजना गरेको थियो । विशेष बहसमा .. 
सामाचार पढनका लागि Read more किलिक गर्नुहोस् ।.



सहभागि सभासदद्धय पर्सा जिल्लाका क्षेत्र नम्बर ३ का राजकुमार गुप्ता र क्षेत्र नम्बर ५ का जयप्रकाश थारुले पर्सा जिल्लाको बिकासको लागि शान्ति सुरक्षा र कृषिमा ध्यान दिनु पर्नेमा जोड दिएका थिए । अबको एक बर्ष भित्रमा जनताको संविधान बनाउन कसैले रोक्न नसक्ने दावी गर्दै जुनसुकै हालतमा पनि संविधान बनि छाडने सभासदद्धयको दावी थियो । अहिले विरोध गर्ने राजनीतिक दलहरु हारबाट अत्तालिएको बताउदै उनीहरु पनि विस्तार मुलधारमा आउने विश्वास ब्यक्त गरेका थिए ।
बीरगंज उधोग बाणिज्य संघका अध्यक्ष्ँ अशोक बैदले राजनीति र आर्थिक क्षेत्रलाई अलग राख्न सक्यौ भने मात्र मुलुकमा औधोगिक बिकास हुने दावी गरे । साथै नवनिर्वाचित सभासदहरुलाई औधोगिक क्षेत्रलाई आतंकित नपार्न आग्रह समेत गरेका थिए । पर्सा जिल्लामा ५ वटा निर्वाचन क्षेत्रमध्ये दुई वटा नेपाली कांग्रेसको जित भएको छ भने नेकपा एमालेले ३ क्षेत्रमा जित हासिल गरेको छ । एक घण्टा संचालन गरिएको प्रत्यक्ष प्रशारण कार्यक्रमको संचालन क्षेत्रीय ब्यूरो प्रमुख राजु श्रेष्ठले संचालन गरेका थिए ।

Post a Comment

Banana Farming in Nepal

 
Copyright © 2013 Latest News From Birgunj City, Nepal. (Explore Your Hidden Activetis)
Shared by Themes24x7Powered byBlogger